अपडेट

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

विहीबार, १० मंसिर २०८३, १३ : ०६

काठमाडौं- पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा उनलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जनाएको छ ।

यसअघि यही प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।

उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ ।

विहीबार, १० मंसिर २०८३, १३ : ०६

प्रतिक्रिया