गाडी किन्न सबैभन्दा सस्ताे ऋण स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिने

४ बर्ष अगाडि

बैंकबाट ऋण लिएर गाडी किन्न चाहनेहरुका लागि  स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तो व्याजमा ऋण उपलब्ध गराउने भएको छ । 

उक्त बैंकले ९.३९ प्रतिशत व्याजमा गाडी कर्जा उपलब्ध गराउने भएको हो । 

बैंकका अनुसार उक्त ऋण लिनको लागि ०.७५ प्रतिशतसम्म प्रोसेसिङ चार्ज तिर्नुपर्छ ।

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोका अवसरमा बैंकले उक्त कुराको जानकारी दिएको हो ।

बैंकले गाडीकर्जाको विषयमा जानकारी दिनका लागि अटो शो मा स्टल राखेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया