काम  शुरु गरेको ६ वर्षपछि बिजुली

शुक्रबार, १३ भदौ २०७६, १० : ४३

विजुली बाल्नका लागि प्रकृया शुरु गरेको ६ वर्षपछि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भीमपाेखोरीका स्थानीयबासीन्दाले विजुली बत्ती बाल्न पाएका छन् ।  

साविकको भिमखोरी गाविसमा सामुदायिक विद्युतीकरणमार्फत २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको भएपनि अहिलेमात्र विजुली बलेको हो ।     
     
 स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल गाड्ने र तार टाँग्ने काम शुरु गरिएको थियो ।

“हामीले धेरै प्रयत्नका साथ शुरु गरेको काम दुई बर्षपछि पोल गाड्ने र तार टाँग्ने काम शुरु ग¥यौँ”, स्थानीयवासी फुर्साङ तामाङले भभने , “अब पोल गाडेको र तार टाँगेको दुई वर्षपछि नै बत्ती बाल्न शुरु ग¥यौँ ।”

नेपाल विद्युत् प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गत नयाँ किरण विद्युत् सहकारी संस्थाले विसं २०७० माघ १० गतेबाट थालिएको पहलले छ वर्षपछि साकार रुप पाएको हो ।     
     
तामाङका अनुसार वडा नंं १२ को शिखरपुर, घ्याङडाँडा, जुवाडाँडा, केराबारी र ठाडेलगायतका ठाउँमा मिटर जडान गरी हाउस वाइरिङको कामसमेत सम्पन्न भइसकेको र वडा नं ११ को कत्तरचेमा पनि मीटर बक्स जडान गरी हाउसवाईरिङको काम सम्पन्न भएको छ ।

उनका अनुसार पहिलो चरणमा ति ठाउँमा गरी करीब ७०० घरधुरीमा बत्ती बाल्ने र पछि विस्तारै बाल्दै जाने प्रक्रिया रहेको छ ।     
     
अहिले मुख्य लाइनमा विद्युत् प्रसारण गरी मुख्य ट्रान्समिटर १०० केभिए र सहायक ट्रान्समिटर ५० केभिए भोल्टेजका सात वटा ट्रान्सफरमरको चार्जिङ प्रक्रिया थालेसँगै परीक्षण प्रशारण सफल भएको वडाध्यक्ष रामबहादुर मोक्तानले बताए ।  

“अहिले मुख्यसहित गरेर चार्ज गर्ने काम गरिरहेका छौँ, विद्युत् प्राधिकरण र सहकारी संस्थाबीचको समन्वयपश्चात् हामी सहायक लाइनमा विद्युत् प्रसारणको काम अगाडि बढाउँछौँ”, उनले भने ।      
     
 कार्यक्रमअनुसार पहिलो चरणमा विद्युतीकरण सम्पन्न भएका वडा नम्बर १२ का सबै र ११ का करीब ६० प्रतिशत घरमा विद्युत् लाइन प्रसारण हुने जनाइएको छ ।

बाँकी घरमा छिट्टै मिटर जडानसँगै हाउस वाइरिङ सकेपछि भीमखोरीका घर झिलीमिली हुने विद्युतीकरण कार्यक्रम तथा सहकारीका प्रबन्धक ध्रुव रायमाझीले बताए ।

उनका अनुसार पहिलो चरणको कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको ९० प्रतिशत र स्थानीय जनताको १० प्रतिशत गरी रु पाँच करोड १७ लाख लागतमा करीब एक हजार घरधुरीले बत्ती बाल्नेछन्  । 
 

शुक्रबार, १३ भदौ २०७६, १० : ४३

प्रतिक्रिया