कर्मचारीले गफ गरेर बसेकाे फाेटाे मन्त्रीकहाँ

४ बर्ष अगाडि

विमानस्थलमा कार्यरत कर्मचारीले आफ्नो काममा हेलचेक्र्याईँ गरेका  फोटोहरु आफूकहाँ पुगेपछि पर्यटनमन्त्री योगेश भट्टराईले कर्मचारीर्लाइ भेटेर सचेत गराएका छन् । 

सेवाग्राहीले उजुरीस्वरुप फोटोहरु पठाएपछि  मन्त्री भट्टराई विमानस्थल पुगेर सेवाग्राहीलाई राम्रो व्यवहार गर्न निर्देशन दिए । 

कर्मचारीले ‘ड्युटी’ समयमा पान, गुट्खा खाने, मोबाइल चलाउने, गफ मात्रै गरेका तस्बिरहरु उजुरी स्वरुप आफू कहाँ आएको बताउँदै त्यसबारेमा सचेत गराउन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीलाई निर्देशन दिए । 

“विमानस्थलका कार्यरत सेवा सुविधा कम हुन सक्छ, २४ घण्टा नै काम गर्नुपर्छ थाहा छ तै पनि यो अन्य ठाउँभन्दा राम्रो ठाउँ हो त्यसैले झर्को नमानी सेवा दिनुहोस”, उनले भने “विमानस्थलमा गरिने व्यवहार विदेशी यात्रुका लागि हाम्रो पहिचान हो, जति राम्रो व्यवहार भयो त्यतिनै राम्रो सन्देश बाहिर जान्छ ।” 

पर्यटनमन्त्री भट्टराईले भट्टराईले ड्युटीको समयमा मोबाइल नचलाउन पनि कर्मचारीलाई निर्देशन दिएका छन् ।

फेसबुकमार्फत विमानस्थलबारे ६ हजारभन्दा बढी सुझाव आएको उल्लेख गर्दै ती सबै सुझावलाई स्क्रिनिङ गरिरहेको बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीका लागि सकारात्मक सोचबारे ५ दिने प्रशिक्षणको शुरु गरिउको छ ।

 प्रशिक्षण तालिम प्रत्येक दिन ३ सिफ्टमा ५ दिनसम्म चल्नेछ । जसमा ९०० भन्दा बढी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, इन्जिनियरहरुलगायतका कर्मचारी सहभागी हुनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया