जीवनको अन्तिम अवस्थामा यी सात सेलिब्रिटीसँग थिएन उपचारखर्च: कसैलाई एड्स लाग्यो, कतिले मागे भिख

४ बर्ष अगाडि

गिताञ्जली नागपालः
थुप्रै चर्चित डिजाइनरका लागि र्याम्पमा हिँडिसकेकी ३२ वर्षीया मोडल गिताञ्जली नागपाल सन् २००७ मा भिख मागिरहेको अवस्थामा भेटिइन् । उनलाई साउथ दिल्लीमा भिख मागिरहेको अवस्थामा भेटिएकी थिइन् । चर्चित मोडलबाट भिखारी बन्ने गिताञ्जली नागपाललाई लागुऔषधको लतले समातेपछि उनी आफ्नो आवश्यकता पूरा गर्नका लागि घरेलु कामदारसमेत बनिन् । कुनै बेला सुस्मिता सेनजस्ता कलाकारसँग र्याम्पमा क्याट वाक गरिरहेकी गिताञ्जलीलाई अचेत अवस्थामा फुटपाथमा भेटिएको थियो । सन् २००८ मा उनको मृत्यु भयो ।

श्रीवल्लभ व्यासः
आमिर खानको फिल्म ‘लगान’ का इश्वर काका उर्फ श्रीवल्लभ व्यास (६०) को सन् २०१८ मा जनवरी ७ तारिखमा जयपुरमा मृत्यु भयो । मृत्यु हुनुभन्दा एक वर्ष अघि एक फिल्मको सुटिङको क्रममा उनलाई प्यारालाइसिस अट्याक आएको थियो जसका कारण उनको स्वास्थ्य निकै खराब भएको थियो । सन् २०१३ मा उनको परिवार उपचारका लागि जेसेलमेरबाट जोधपुर सिफ्ट भयो । उनकी श्रीमती शोभा व्यासका अनुसार सिने र टेलिभिजन असोसिएसनले पनि उनको मद्दत गरेको थिएन । शोभाका अनुसार आर्थिक समस्यासँग जुधिरहेका बेला आमिर खानले आर्थिक र नैतिक सहयोग गरे । आमिरका साथै मुश्किल समयमा नायक इमरान खान र मनोज वाजपेयीले पनि श्रीवल्लभ व्यासलाई मद्दत गरेका थिए ।

निशा नूरः
निशा नूर ८० को दशकमा साउथ इन्डियन फिल्म इन्डिष्ट्रिमा चर्चित नाम थियो । निशा यति चर्चित थिइन् कि राजनीकान्त र कमल हसनजस्ता कलाकार पनि उनीसँग काम गर्न लालायित हुन्थे । निशालाई एक निर्माताले धोका दिएर देहव्यापारमा धकेलेको बताइन्छ । त्यसपछि उनीसँग फिल्मी क्षेत्रका सबैले सम्बन्ध क्रमशः तोड्न थाले । जब उनले फिल्ममा कुनै आशा देखिनन् तब उनले फिल्मी क्षेत्रलाई सधैंका लागि छोडिन् । बिस्तारै उनको आर्थिक स्थिती पनि बिग्रियो । अन्तिम अवस्थामा उनलाई सडकमा बिरामी अवस्थामा भेटिएको पाइयो । वरिपरिका मानिसहरुले अस्पताल पुर्याउँदा उनलाई एड्स भएको थाहा भयो । उनले सन् २००७ मा जीवनसँगको युद्धमा हारिन् ।

ए.के. हंगलः
फिल्म शोलेको चर्चित डायलग ‘इतना सन्नाटा क्यूँ हे भाइ’ मानिसहरुबीच आज पनि चर्चामा छ । तर यो डायलग बोल्ने नायक अब यो संसारमा छैनन् । उनको ९८ वर्षका उमेरमा सन् २०१२ को अगस्ट २६ तारिखमा मृत्यु भएको थियो । हंगलले आफ्नो अन्तिम दिन भाडाको घरमा बिताएका थिए । मृत्युअघि उनलाई विभिन्न प्रकारको रोगले सतायो । उनीसँग उपचारका लागि समेत पैसा नभएको बताइन्छ । उनका छोराले जब बुवाको उपचारका लागि खर्च नभएको बताए तब अमिताभ बच्चनले उपचारका लागि २० लाख खर्च दिएका थिए ।

अचला सचदेवः
‘ए मेरी जोहरा जबी तुझे मालूम नहीँ तू अभी तक हे हँसी....’ एउटा यस्तो गीत हो जुन ‘वक्त’ फिल्मको मूख्य भूमिका बीबी (अचला सचदेव) लाई देखेर बलराज साहनीले गाएका थिए । अचला सचदेवको सन् २०१२ को अप्रिलमा भएको थियो । अचला सन् २००२ मा श्रीमानको मृत्युपछि एक्लै पुणेमा बसिरहेकी थिइन् । उनलाई अन्तिम अवस्थामा हेर्ने कोही पनि थिएनन् । एक दिन पानी पिउन गएकी अचला लडिन् र उनको खुट्टाको हड्डी टुट्यो । अचलाकी साथी राजीव नन्दाका अनुसार उनले बलिउडको प्रमुख हस्तीलाई फोन गरेर आफ्नो स्थितीबारे बताएपनि उनीबारे सोधपुछ गर्न कोही पनि आएनन् । अचलाका छोरा अमेरिकामा  र छोरी मुम्बईमा थिइन् तर उनीहरु आमासँग सम्पर्कमा थिएनन् ।

भगवान दादाः
भगवान दादा आफ्नो कमेडी फिल्म ‘अलबेला’ का लागि चर्चित छन् । हिन्दी फिल्ममा डान्सको एक भिन्न स्टाइल ल्याउने भगवान दादा यस्ता कलाकार थिए जोसँग अमिताभ बच्चन प्रभावित भएका थिए । यद्यपी, कुनैबेला सेलिब्रिटीलाई आफ्नो इशारामा काम गराउने भगवान दादाको करियर एकपटक डुबेपछि कहिले माथि आउन सकेन । आर्थिक समस्या यति धेरै थियो कि जीवनयापनका लागि क्यारेक्टर रोल र स–साना काम गर्नुपर्यो । सन् २००२ मा फेब्रअरी ४ तारिखमा ८९ वर्षको उमेरमा संसारबाट बिदा भए ।

जगदीश मालीः
अन्तरा मालीका पिता र चर्चित फोटोग्राफर जगदीश मालीलाई मुम्बईको सडकमा भीख मागिरहेको देखिएको थियो जसका कारण इन्डष्ट्रिको अर्को पाटो सार्वजनिक भएको थियो । जगदीशलाई मिंक बरार नामकी मोडलले चिनिन्, खाना खुवाइन् र पछि सलमान खानको कारबाट उनलाई घर पुर्याइएको थियो । त्यतिबेला जगदीश मानसिक रुपमा स्वस्थ देखिएका थिएनन् । उनी फाटेको लुगामा भेटिएका थिए । सन् २०१३ मा मे १३ तारिखमा उनको मृत्यु भयो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया