यसकारण सोनमले हंगामा मच्चाइन बलिउडमा

४ बर्ष अगाडि


मुम्बई – ९०को दशकमा कयौ सुन्दर अभिनेत्री बलिउडमा प्रवेश गरे । तिनीहरु थोरै समयमा धेरै नाम कमाउन समेत सफल भए । 

सो समयकी अभिनेत्री मध्यकी एक हुन्  सोनम । सोनम ‘त्रिदेव’ र ‘बिश्वासघात’ जस्तो फिल्मबाट रातारात हिट समेत भइन् ।

ओए, ओए गर्ल के नामबाट समेत चिनिएकी सोनम ९० को दशककी बोल्ड अभिनेत्रीमा पर्दथिन् । चर्चित निर्माता निर्देशक उनलाई आफ्नो फिल्ममा लिन उनको घरको चक्कर काट्ने गर्दथे ।

सो समय अभिनेत्री बोल्ड सिन दिन र बिकनी लगाउन निकै डराउथे । तर सोनमलाई भने केही आपती थिए ।

आज समाचार मार्फत सोनमको ति सत्य बाहिर ल्याउने कोसिस गरिएको छ । जसको कारण उनले बलिउडलाई बाईबाई गरेकी थिइन् ।

२ सेब्टेम्बर १९७२ मा जन्मिएकी सोनमको असली नाम बख्तावर खान हो । फिल्म दुनियाका लागि उनले आफ्नो नाम चेन्ज गरेर सोनम राखेकी थिइन् ।

१९८८ को फिल्म ‘विजय’बाट अभिनय करियर उनले सुरु गरेकी थिइन् । यस फिल्लमा उनको किस थियो । जसको कारण बलिउडमा हंगामा मच्चियो ।

पहिलो फिल्ममा नै बोल्ड सिन दिएर चर्चामा रहेकी सोनम ‘त्रिदेव’बाट रातारात स्टार भइन् । यही फिल्मको गीत ‘ओए ओए’बाट उनलाई ओए ओए गर्ल समेत भन्न थालियो । 

‘त्रिदेव’ पछि उनले फिल्म ‘मिट्टी और सोना’मा न्युड सिन दिएर बलिउडलाई नै चकित पारिन् । दर्शकले फिल्मको उक्त सिन हेर्न घन्टौ लाइनमा बसेर टिकट समेत काटे । यसपछि उनले कयौ फिल्ममा बोल्ड अन्दाज प्रस्तुत गरिन् । 

अभिनयको करियर उचाही रहेकै समय उनले राजीव रायसँग बिबाह गरिन् । बिबाह पछि बलिउडलाई भनिन् बाईबाई । बिवाह पछि उनले श्रीमान्को साथ देश समेत छोडिन् । 

अन्डरवल्र्डबाट उनलाई लगातार धम्की आउने गर्दथ्र्यो । सोही कारणले उनले देश छोडेकी हुन् केही समाचारमा उल्लेख छ । 

२०१६मा उनले श्रीमान्सँग डिबोर्स् गरिन् । त्यसपछि उनले मुरली पोडुवलीसँग दोसे बिबाह गरिन् । अहिले उनी घरपरिवारमै खुसी छिन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया