लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा

४ बर्ष अगाडि

काठमाडौं –आईएमईको मुख्य प्रायोजन रहेको चाहना मिडिया प्रालिद्वारा उत्पादित नेपालको सबैभन्दा ठूलो रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार‘को अव उत्कृष्ट दश अर्थात टप टेन सांगीतिक प्रतिस्पर्धा हुने भएको छ ।

७ प्रदेशका मुख्य शहरहरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमा प्रतियोगिताका लागि कुल ३५० जना प्रतिस्पर्धी छानिएका थिए ।

यी प्रतिस्प्रिर्धीहरुबाट बिभिन्न चरणको अडिसन पार्दै बिनोद दनुवार (उदयपुर) , चेतन गोतामे (स्याङजा) , दीपेन्द्र राइ (भोजपुर) , मुना अर्याल (चितवन) , पबिन्द्र सुनार (बाजुरा) , प्रभुराज पाण्डे (बाजुरा) , रामकुमार नेपाली (रामेछाप) , रविराज शाह (सर्लाही ), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) लगायत दश प्रतियोगी मात्र टप टेन स्पर्धामा पुग्न सफल भएका हुन् । प्रतियोगिताको आगामी एपिसोडमा यी दश प्रतिस्र्धीबिच रोमान्चकारी भिडन्त हुने आयोजकले जनाएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया