शाहरुखकी छोरी सुहानालाई कपडा ठिकसँग लगाउन सुझाव

४ बर्ष अगाडि

काठमाडौं – शाहरुख खानकी छोरी सुहाना खान आफ्ना तस्वीरहरूलाई लिएर प्राय सोशल मीडियामा छाइ रहन्छिन्। अभिनय पढ्न भर्खरै सुहाना खानले न्युयोर्क युनिभर्सिटीमा प्रवेश गरेकी छन्। सुहानाले कलेजमा नयाँ साथीहरु पनि बनाएकी छन् । भर्खरै उनका केही तस्विरहरु कलेजबाट बाहिरिएका छन् । फोटोमा सुहाना मुस्कानसहित पोज दिइरहेकी छन्। सुहानाको यो फोटो इन्टरनेटमा भाइरल भएको छ । केही फ्यानहरूले सुहानाको यो फोटोलाई मन पराएका छन् भने केहि ट्रोल गर्न थालेका छन् । ट्रोलरहरूले सुहानाको कपडा र पोजमा आपत्ति जनाएका छन् । उनीहरूले सल्लाह पनि दिएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्- ‘यति धेरै नदेखाउनुहोस्, यदि तपाईं सामान्य कपडा लगाउनुहुन्छ भने पनि तपाईं उस्तै सुन्दर देखिनुहुनेछ।’ त्यस्तै अर्का प्रयोगकर्ताले लेखे – ‘सुहाना तपाईंको पोशाक ठीक गर्नुहोस्’। अर्काले लेखे – ‘तपाईं शाहरुख खानकी छोरी हुनुहुन्छ र तपाईंलाई यस्तो शो गर्न आवश्यक छैन, सामान्य हुनुहोस्’। यद्यपि सुहानाले त्यस्ता टिप्पणीहरूको ख्याल राख्दिनन्।

 

४ बर्ष अगाडि

प्रतिक्रिया