सरकारले बजेट भाषणमै भन्यो–विदेशबाट फर्किएकालाई उद्यम गर्न १० लाख ऋण

५ बर्ष अगाडि

सरकारले युवा उद्यमीलाई लगानीमा आकर्षित गर्ने उद्देश्यले व्यवसाय च्यालेन्ज फन्ड बनाउने भएको छ । 
अर्थमन्त्री डा युवराज खतिवडाले आज संसदमा गरेको बजेट भाषणमा  महिलालाई महिलालाई स्वरोजगार बनाउन उद्यमशिलता तालिमको व्यवस्था गरिने छ । 
यस्तै हाल देशभित्र पर्याप्त अवसरको विकास नभइसकेको अवस्थामा अल्पकालीन रणनीतिको रुपमा वैदेशिक रोजगारीलाई उपयोग गरिने छ । तर, शिप सिकेरमात्रै विदेश जान पाइने छ । 
वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सबै प्रदेशमा   श्रम सेवा कार्यालयको स्थापना गरिने छ । 
यस्तै विदेशबाट फर्किने युवालाई परियोजनामा आधारित १० लाख ऋण दिने र त्यस्तो ऋणको सुरक्षणको लागि बीमाको व्यवस्था गरिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया