चन्द्रयान–२ः पितासँग खेतमा काम गर्ने सिबन कसरी वैज्ञानिक बने ?

४ बर्ष अगाडि

चन्द्रयान–२ को विक्रम ल्याण्डरलाई चन्द्रमाको सतहमा पठाउन थुप्रै वैज्ञानिकहरुले कडा परिश्रम र त्याग गरेका छन् । इसरोका प्रमुख डा. के सिबन, यस प्रोजेक्टका निर्देशक ऋतु कारिधाल र प्रोजेक्टका डिप्युटी निर्देशक साथै रेडियो फ्रिक्वेन्सी चन्द्रकान्तले सम्हालेका थिए । 

यी तीनै वैज्ञानिकका जीवन कहानी निकै संघर्षपूर्ण रहेको छ । 

डा. के सिबन
तमिलनाडुस्थित कन्याकुमारी जिल्लाको नागरकोईलमा जन्मिएका सिवनको पढाई तमिल सरकारी स्कुलमा भएको थियो । स्कुलको छुट्टीका दिन सिबन पितासँग खेतमा काम गर्न जान्थे । नांगो गोडा स्कुल जान्थे । १२ कक्षाको परीक्षामा गणितमा १०० प्रतिशत अंक ल्याएका सिबन इन्जिनियरिङ पढ्न चाहान्थे ।

तर पिताले घर नजिकैको कलेजमा बीएससी गर्न लगाए । तर सिबनले आफूले चाहेको कलेज पढ्न जाने ढिपी गर्दै पिताको विरुद्ध ७ दिन अनशन बसे । पछि पिताले उनको प्रतिभाको सह्राना गर्दै उनलाई खेत बेचेर इन्जिनियरिङ पढ्न चेन्नई पठाए । सिबनले मद्रास इन्स्टिच्युट अफ टेक्नोलोजीबाट बीई गरे । सिबन स्याटेलाइट बनाउन चाहान्थे । तर उनले रकेट बनाउने काम पाए । 

उनले भने, ‘मैले जे चाहेँ, त्यो कहिल्यै पाइन । तर जे पाएँ त्यो पूरै मेहेनतका साथ पूरा गरेँ ।’


 

४ बर्ष अगाडि

प्रतिक्रिया