बलिउड अभिनेत्री सन्नी लियोनी सुटुक्क नेपालमा

४ बर्ष अगाडि

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार नेपाल आएकी छन् । फिल्म ‘पासवर्ड’ को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएकी हुन् । ‘पासवर्ड’ का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी दिए । 

निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आज साँझ आयोजना हुने प्रिमियरका लागि सन्नी लियोनी बिहीबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी छन् । 

प्रिमियरका लागि ७ः३० बजे कुमारी हल पुग्ने सन्नीले मिडिया साक्षात्कार गरेपछि ‘पासवर्ड’ फिल्म पनि हेर्ने कार्यक्रम रहेको बस्नेतको भनाइ छ ।

शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही स्थानमा भ्रमण समेत गर्ने बताइएको छ । फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् । 

सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् । 

पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ । 

‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।

यता सन्नी नेपाल आउँदा सुरक्षा निकाय भने बेखबर छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले सन्नी नेपाल आउनेबारे आफू बेखबर रहेको जानकारी दिए । 

विमानस्थलमा सन्नीलाई स्वागत गर्नेहरुको भीड लागेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया