शाहिद कपूरभन्दा १४ वर्ष कान्छी मीराले भनिन्, ‘उनको अनुभवको फाइदा लिन्छु’

४ बर्ष अगाडि

बलिउड अभिनेताकी पत्नी मीरा राजपूतले श्रीमान्को अनुभवको फाइदा लिने गरेको बताएकी छिन् । सधैँ पतिप्रति उच्च सम्मान र माया देखाउने मीराले वोग म्यागाजिनलाई दिएको अन्तरवार्तामा १४ वर्ष सानो हुनुमा फाइदा भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘अभिनेताको अनुभवको फाइदा लिन्छु ।’

३५ वर्षका शाहिद कपूर र २१ वर्षकी मीराले म्यागाजिनको कभरको लागि फोटोसुट गरेकी छिन् । १४ वर्षको उमेर अन्तरमा आउने सामाजिक इस्युलाई लिएर कहिल्यै चुनौतीको रुपमा नलिएको बताइन् । 

‘मैले वास्तवमा यति धेरै चुनौतीको सामना पार गर्छु होला भनेर कहिल्यै सोचेकै थिइन ।’ दिल्लीदेखि मुम्बईसम्मको परिवर्तन एकदमै मिठो अनुभव रहेको उनले उल्लेख गरिन् । उनले भनिन्, ‘जिन्दगी बिताउने एउटा तरिका हो । जसलाई म माया गर्छु । उनले मलाई धेरै नै सहयाग गरे । त्यसैले उनको अनुभवबाट म फाइदा लिन्छु ।’


 

४ बर्ष अगाडि

प्रतिक्रिया