मेषको ‘ढुकढुकी’ मा केकीसँग रिजनको मायापिरती

४ बर्ष अगाडि

मेषबहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक गरिएको छ । भिडियोमा केकी अधिकारी, रिजन थापा र मेषबहादुर बस्नेतलगायतको अभिनय देख्न सकिन्छ ।

सफल चलचित्र झोलाका निर्देशक यादवकुमार भट्टराईकाे निर्देशन रहेको उक्त भिडियोमा लोमस चापागाईं र मिलन भण्डारीको सह-निर्देशन रहेको छ ।

स्वरुपराज आचार्य र मेलिना राईको पहिलो संयुक्त गायन रहेको गीतको शब्द मेष बस्नेतले रचेका हुन् । गीतमा आरपी लामिछानले संगीत भरेका छन् ।

रकेश ओलीको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीले संगीत सम्पादन रहेको छ ।


मदन काश्यप घिमिरेले छायाङ्कन खिचेकाे भिडियोलाई उज्वल ढकालले सम्पादन गरेका हुन् । उक्त गीत हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लजिक मिडिया र मिडिया फर कल्चरको उत्पादनमा बनेको गीतलाई धुलिखेलको होटल सारथीलगायत काभ्रेका विभिन्न ठाउँमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया