बलिउडमा सलमान खानको तीन दशक, १४ वटा फिल्ममा एउटै नाम

४ बर्ष अगाडि

काठमाडौं – भारतीय अभिनेता सलमान खानको बारे नसुन्ने कमै होलान् । उनले अभिनय गरेका चलचित्र सधै चर्चामा हुनाले पनि उनीबारे धेरैलाई जानकारी रहँदै आएको छ । उनले अभिनय गरेको धेरै फिल्महरु सय करोड कमाउने क्लबमा पर्दै आएको छ ।

सलमान खान कलाकारिताको क्षेत्रमा संलग्न भएको तीन दशक पूरा भएको छ । यस अवधिमा उनले ८५ भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘बिबी हो तो ऐसी’ हो । सन् १९८८ मा अभिनय गरेको यस फिल्ममा उनले सानो भूमिका पाएका थिए । सोही भूमिकाबाट उनी अभिनय क्षेत्रमा प्रवेश गरेका थिए ।

सलमान खानले अभिनय गरेको धेरै चलचित्रमा एउटै प्रकारको नाम दोहोरिएको छ । त्यो नाम हो, प्रेम । उनले अभिनय गरेको फिल्महरुमध्ये १४ वटा फिल्ममा उनको नाम प्रेम रहेको छ । जसमा उनको नाम प्रेम, प्रेम भोपाली, प्रेम चौधरी, प्रेम निवास जस्ता रहेका छन् । फिल्ममा प्रेम नाम भएका उनी रियल जीवनमा पनि प्रेम प्रसंगलाई लिएर धेरै चर्चामा रहने अभिनेता हुन् । यसका साथै प्रेमबाहेक दुर्लभ एन्टिलोपहरुको हत्या गरेको भन्दै दोषी ठहर भएका थएि । जसका कारण सन् १९९८ मा जेल चलान गरिएको थियो । पछि उनले केश मिलाएर बाहिरिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया