एजेन्सी । बलिउडका कुनै समयका चर्चीत अभिनेता हुन् राजकुमार । उनले बलिउडमा जति पनि फिल्म गरे ति सबै सफल नै रहे ।
राजकुमारसँग बलिउडका धेरै अभिनेताहरुले काम गर्ने अवसर पाउँदा आफुलाई ठुलो गर्वको महसुस गर्थे । आइकोनिक इमेजका कारण पनि उनको बलिउडमा आफ्नै पहिचान रहेको थियो र अझै पनि रहेको छ ।
रिल लाइफमा तथा रियल लाइफमा उनी व्यंग गर्न, मजाक गर्न निकै माहिर मानिने गर्थे । यस्तै उनको मजाकको शिकार भए अमिताभ बच्चन ।
एक पार्टीमा दिलिप कुमार र राजकुमार गफ गरेर बसिरहेका थिए । यसै बखत अमिताभ बच्चन त्यहाँ आइपुगे ।
राजकुमारले अमिताभको सुटको तारिफ गरे ।राजकुमारले तारिफ गरेपछि अमिताभले पनि खुसी हुँदै उक्त सुट किनेको ठाउँ बताउनै लागेका थिए, तर राजकुमारले अमिताभभन्दा पहिला नै आफ्नो व्यंग हानि हाले । उनले भने,‘मलाई घरमा पर्दा सिलाउन थियो । त्यसकारण सोधेको ।’
यो कुरा सुनेपछि अमिताभ केही बोल्न सकेनन तर हाँसिनै रहे । उनले बुझिसकेका थिए कि राजकुमारले मजाक गर्दैछन् ।उनलाई यो पनि थाहा थियो कि राजकुमारको बोलीलाई लिएर कसैले पनि नराम्रो सोचदैन्थे । उनले पनि उक्त कुरालाई मजाकमा नै लिए ।
प्रतिक्रिया