हरेकको जीवनमा अनेक उतारचढाव आइरहन्छ । कहिले विवाह, कहिले प्रेम कहिले सम्पत्ती कहिले दैनिक जीवनमा आइरहने अनेक कुराले मानिसलाई अनेक विवादमा फसाइरहन्छ ।
यस्तै अझ मनोरञ्जको क्षेत्रमा लागेका मानिसहरुको जीवनका बारेमा पनि थुप्रै किस्साहरु सुन्ने गरिन्छ । चाहेर नचाहेर बाहिरिने व्यक्तिगत जीवनका केही घटनाहरुले सेलिबे्रेटीको जीवनमा अनेक झन्टझट ल्याइदिन्छ ।
यसैमध्येमा पर्छन् फिल्म निर्माता महेश भट्ट । उनले बलिउडमा हिट फिल्म मात्र होइन हिट अनुहारलाई पनि स्थापित गरे ।
उनकी आमा गुजराती मुस्लिम थिइन् । उनका पिता ब्रामण थिए । उनले कलेज पढ्दा नै लोरेन ब्राइटलाई मन पराए र विवाह गरे । उनले पूजा र राहुललाई जन्म दिइन् ।
महेशको फेरि परवीन बाबीसँग अफेयरको हल्ला चलेपछि उनको विवाह टुट्यो । महेशले किरणलाई सम्बन्धविच्छेद गरेका भने थिएनन् । केहि परवीनसँग ब्रेकअप भया ।
त्यसपछि उनको जीवनमा सोनी राजदान आइन् । किरणसँग सम्बन्धविच्छेद नभएको अवस्थामा उनले दुईवटै श्रीमती राख्न मुस्लिम धर्म अंगाले । राजदानबाट आलिया र शाहीन जन्मिए ।
नाता र सम्बन्धमा विवादको क्रम अझै रोकिएन । पूजा भट्ट छोरी नभएको भए विवाह गर्थे भन्ने उनको अभिव्यक्तिले झन् उनलाई विवादमा फसायो । केहि समयपछि पूजा र महेशको लिपलक फोटोशुट गराए । जसले उनलाई निकै विवादमा फसायो ।
प्रतिक्रिया