यसरी खिचिन्छन् चलचित्रका ‘सेक्स सिन’, कलाकारका अनुभवसहित

मंगलबार, ०७ असोज २०७६, १५ : ३८

मुम्बई । सेक्स र अन्तरंग सिनको लागि नायक नायिकाहरु आफूले आफैलाई कसरी नियन्त्रण गर्छन ? यो धेरैलाइ जिज्ञासा हुन सक्छ यो प्रश्न पछिल्लो दिनमा प्रश्न–उत्तरमा आधारित वेबसाइट QUORA मा सोधियो ।

यसबारेमामा धेरै रोचक जवाफ पनि पाइयो । मसलन भिक्टोरिया नामकी एक प्रयोगकर्ताले लेखेकी छन् ‘मैले कहिपनि सुनेको छैन कि सुटिङको क्रममा कोइ पनि अनियन्त्रित हुने अवस्था आउदैन । तर यो सुनेको छु कि यस समय त्यहा एक्टर्स टेप प्रयोग गरिन्छ या एक खाले सर्ट प्रयोग गरिन्छ ।

जो उनीहरुको खुट्टामा अट्याच गरिएको हुन्छ’ । भिक्टोरिया यो पनि भन्छिन् कि सेटमा क्यामेराम्यान र लाइटको साथ धेरै मानिसहरु हुन्छन यस्तो अवस्थामा अनियन्त्रित स्थिति आउन मुस्किल हुन्छ ।

 यसबारेमा कलाकारहरु के भन्छन् त ?

 यसैगरि यो प्रश्नको जवाफ केही कलाकारहरुको बयानबाट पनि पाउन सकिन्छ । यस्ता कलाकारहरु जसले फिल्ममा सेक्स सिन गरिसकेका छन् यसलाई लिएर उनीहरुको अनुभव कस्तो रह्यो त रु

२७ वर्षकि वनिसा हुड्गेसले आफ्नो फिल्म‘स्प्रिङ्ग ब्रेकर्स’ मा सेक्स सिन दिएकी छिन् । यसलाई लिएर उनको अनुभव राम्रो भने रहेन ।

उनी भन्छिन ‘यो मेरो लागि धेरैनै टाउको खाने विषय थियो । मैले आफ्नो एजेन्टलाइ साफ भनिदिएको छु कि अबबाट कहिल्यै यस्तो सिन गर्दिन ।’

जर्मनीको ३९ वर्षका कलाकार माइकल फसबेण्डर भन्छन ‘सेक्स सिनमा केही उठबस हुन सक्छ तर एक कलाकार भएको नाताले सबैभन्दा पहिले सम्झनुपर्छ कि तपाइले फाइदा उठाउन हुदैंन् ।

तपाइसँग अभिनय गरिरहेकी अभिनेत्रीलाई यस्तो महसुस हुन दिनुहुदैंन कि तपाई खुल्ला महसुस गरिराख्नुभएको छ । किनभने तपाई धेरै टेक गर्न सक्नुहुन्न ।’

उनले आफ्नो फिल्म ‘जेन आयर’ को सेक्स सिनको सन्दर्भमा यो खुलासा गरेका हुन् ।

४० वर्षका क्यानेडियन कलाकार रियान रेनोल्ड्सले आफ्नो फिल्म ‘द चेन्जअप’को सिनको बारेमा यस्तो बताएका छन् ‘फिल्मको सिनमा नायिका बसिरहेकी हुन्छिन र उनी नायिकाको टप खोलिरहेका हुन्छन, उनको ब्रा उतारिरहेका हुन्छन ।

उनको चेहरामा मुस्कान हुन्छ र मैले सिनको हरेक लाइन भुलें । यो फिल्ममा मात्रै होइन हरेक फिल्ममा मेरो साथ यस्तै हुन्छ ।’

२५ वर्षकी अमेरिकी नायीका सेलेन उड्लीले फिल्म ‘द स्पेक्टाकुलर नाउ’ को सिनको बारेमा बताएकी छन् । उनले भनेकी छन् ‘यो मेरो र नायक दुवैको पहिलो अनस्क्रिन सेक्स सिन थियो ।

त्यँहा धेरै नै सुरक्षित र सुविधाजनक वातावरण थियो म माइल्स टेलरको साथ खुशी थिँए । किनभने उनी एकदमै राम्रा मान्छे हुन् र उनले सिनको बेलामा मलाइ कुनै अप्ठ्यारो महसुस हुन दिएनन् ।’

४१ वर्षकी अमेरिकी नायिका एन्जेलिना जोलीले फिल्म‘ल्यान्ड अफ ब्लड एण्ड हनी’मा एक सेक्स सिन निर्देशन गरेकी थिइन ।

उनी यसबारे भन्छिन् ‘कुनै न कुनै प्रकारले यस्तो कामगर्न तपाइलाई थोरै असजिलो त हुन्छ किनभने रियल लाइफको कपल त्यहाँ हुदैन । तपाइलाई कसैसँग पनि यो भन्नगाह्रो लाग्छ कि क्यामेराको अगाडी कसैसँग नाङिएर बस । तर कलाकारहरुले मलाइ सजिलो बनाए । उनीहरु सजिलोसँग सिन लाइ आफ्नो हिसाबमा गर्न चाहन्थे ।’

७२ वर्षका अमेरिकीकलाकार माइकल डग्लसले आफ्नो फिल्म ‘बिहाइन्ड द क्यान्डलाब्रा’को सिनको बारेमा बताएका छन् ।

उनी भन्छन् ‘सेक्स सिनमा सबैभन्दा मुस्किल कुरा यो हुन्छ कि सबै जना तपाईंलाइ हेरिरहेका हुन्छन तर सबैले सेक्स गरेका छन् त्यसैले सबैले जानेका छन् कि यस्तो सिनलाइ कसरी गर्नुपर्छ ।’

३३ वर्षका अमेरिकीनायिका ग्रेटा गेविङ आफ्नो फिल्म‘ग्रिनबर्ग’को सेक्स सिनको बारेमा भन्छिन ‘मलाई थाहा थियो कि यो केही अजिवको सेक्स सिन हुन्छ तर यो शानदार निस्कियो ।

सबैले राम्रो सँग कोरियोग्राफी गरेका थिए र योजना बनाएका थिए ।’

४२ वर्षिय अमेरिकी नायक लियोनार्डो डि क्याप्रियोले आप्mनो फिल्म ‘वुल्फअफ वालस्ट्रिट’को बारेमा भनेका छन् ‘जब तपाई यस्तो खाले क्यारेक्टर मा हुनुहुन्छ भने तपाईलाई जिम्मेवारी हुन्छ कि त्यसलाई तपाई त्यस्तै तरिकाले देखाउनुहोस ।

यस्तो समयमा आफ्नो बारेमा सोच्न सकिदैंन । किनभने त्यहाँ तपाई आफै हुनुहुदैन तपाई त कुनै पात्रलाई पर्दामा देखाइरहेको हुनुहुन्छ ।’

३६ वर्षिया अमेरिकी नायिका लाउरा प्रिपोन आफ्नो फिल्म ‘अरेन्ज इज द न्यू ब्ल्याक’मा टेलर शिलिंगको साथमा आफ्नो सिनको बारेमा भन्छिन् ‘पहिले एक सिनमा हामी साथसाथ सावरको मुनि थियौं तर सबैभन्दा राम्रो पक्ष के भने हामी एक अर्कासँग सजिलो महसुस गरिरहेका थियौं ।’

२९ वर्षका अमेरिकी नायिका ब्याकला इब्लीले फिल्म‘द टाउन’मा आफ्नो सिनलाई लिएर भनेकी छन् ‘सेक्स सिन बास्तबमै अप्ठ्यारो थियो यो मेरो पहिलो दिन थियो यसैले मलाइ लाग्छ कि यो बरफलाई पगाल्न काफि हुन्छ ।’

३४ वर्षकी अमेरिकी नायिका लिजी क्यापलनले फिल्म ‘मास्टर अफ सेक्स’मा सेक्स सिन गरेकी थिइन । यसबारेमा उनी भन्छिन् ‘म धेरै नै नर्भस थिँए यसैकारणले मैले धेरै रक्सी पिएर सुटिङ गरें । यो ज्यादै नै डरलाग्दो थियो ।’
 

मंगलबार, ०७ असोज २०७६, १५ : ३८

प्रतिक्रिया