अगाध प्रेम हुँदाहुँदै पनि ‘ब्रेकअप’ भएका बलिउडका यी सुन्दर जोडीहरु

बुधबार, ०८ असोज २०७६, १५ : १०

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर अर्कैसँग बिहे भएको छ ।

यस्तै बलिउडमा पनि थुप्रै जोडीहरु छन् । जो एक अर्कालाई अत्याधिक चाहान्थे तर अन्तमा तिनीहरुको सम्बन्ध विभिन्न कारणले टुट्यो र अर्कैसँग बिहे भयो ।

राजकपूर–नरगिस

राजकपूर र नरगिसको जोडी बलिउडमा सबैभन्दा सुन्दर जोडीमा एक थियो । राजकपूर विवाहित थिए र पनि नरगिससँग प्रेममा परे । राजकपूर आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्न चाहाँदैन थिए जसकारण नरगिस आफै पाखा लागिन् र सुनील दत्तसँग बिहे गरिन् ।

देवानन्द–सुरैया

एक समय देवानन्द यति चर्चित थिए कि हरेक युवती उनीप्रति फिदा थिए । देवानन्द त्यस समय सुरैयासँग गहिरो प्रेममा थिए । साथै उनी हरहालतमा सुरैयासँग बिहे गर्न चाहान्थे जसकारण उनले ‘इन्गेजमेन्ट’को तयारीको लागि औँठी समेत तयार पारेका थिए । तर सुरैयाको परिवारले देवानन्दलाई स्विकार गरेनन् र उनको बिहे देव साहबसँग गराइदिए ।

दिलीप कुमार–मधुबाला

दिलीप कुमार र मधुबालाको माया प्रेमको बारेमा सबैलाई थाहा छ । जब फिल्म तरानामा यी दुईको भेट भएको थियो तबदेखि यी दुईबीच प्रेम भयो । र मधुबालाले चिठ्ठी लेखेर आफ्नो प्रेमको बारेमा बताएकी थिइन् । तर मधुबालाको परिवारले दिलीपलाई स्विकार गरेनन् साथै फिल्मको शुटिङको दौरान दिलीपले मधुबालाई थप्पड हानेपछि यी दुईको ब्रेकअफ भयो ।

अमिताभ–रेखा

यदि कसैको चर्चित प्रेमको बारेमा कुरा हुन्छ भने त्यो हो अमिताभ र रेखाको प्रेम सम्बन्ध । अमिताभ र रेखाको जोडी पर्दामा यति सुन्दर देखिन्थ्यो कि सबै यी दुई छिट्टै बिहे पनि गर्नेछन् ।

तर अमिताभले जया भादुन्डीसँग बिहे गरेपछि पनि कयौँ वर्षसम्म रेखाले आफूलाई अमिताभको श्रीमती सम्झिइरहिन् । तर सन् १९८१ मा आएको फिल्म सिलसिला भन्दा पछि यी दुई एकसाथ फिल्ममा देखिन छाडे ।

सलमान खान–ऐश्वर्या राय

एक समय यस्तो थियो सलमान र ऐश्वर्या एकअर्काप्रति ज्यान दिन तयार थिए । ‘हम दिल दे चुके सनम’को सेटबाट यी दुई नजिकिएका थिए ।

सलमान खानको ओभर पोसेसिव नेचरका कारण यी दुईबीच झगडा तथा मारपीट हुन थाल्यो । र यी सम्बन्ध टिक्न सकेन ।

अक्षय कुमार–शिल्पा शेट्टी

अक्षय कुमारको नाम धेरै अभिनेत्रीसँग जोडिने गर्छ । तर अक्षय शिल्पा शेट्टीसँग साँचो प्रेममा परेका थिए । यी दुईको केमेस्ट्री निकै लोभलाग्दो थियो । र यी दुईले ‘इन्गेज्मेन्ट’ पनि गरेको थिए । तर अक्षयले शिल्पालाई छोडेर ट्विकंल खन्नासँग बिहे गरे ।

जोन अब्राहम–बिपाशा बसु

जोन अब्राहम र बिपाशा बसु सुपरहिट जोडीमा गनिन्थे । उनीहरुको सम्बन्ध ९ सालसम्म रह्यो । साथै यी दुई लिवइन पनि धेरै धेरै समय रहे । तर अन्तमा गलत समाचारको कारण सम्बन्ध ट्ट्यो र बिपाशाले करण सिंह ग्रोवरसँग बिहे गरिन् ।

शाहिद कपूर–करीना कपूर

शाहिद कपूर र करीना कपूरको जोडी बलिउडमा सबैभन्दा ‘परफेक्ट’ जोडीको रुपमा थिए । सन् २००४ सालमा उनीहरु एकअर्कासँग नजिकिए । यी दुवैको परिवारलाई पनि यो सम्बन्धको बारेमा कुनै गुनासो थिएन तर जब वि मेट फिल्मको शुटिङपछि यी दुई एकअर्कासँग टाढा भए । र करीनाले सैफ अली खान र शाहिदले मीरा राजपूतसँग बिहे गरे ।

 

 

बुधबार, ०८ असोज २०७६, १५ : १०

प्रतिक्रिया