रेल वे स्टेसनमा गीत गाउने रानु मण्डलको जीवनमा आधारित फिल्म बन्ने

विहीबार, ०९ असोज २०७६, १३ : ३२

काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बनेकी भारतीय गायिका रानू मण्डलको जीवनीमा आधारित फिल्म बन्ने भएको छ । 

कोलकत्ताको रेलवे स्टेसनमा गायिका लता मंगेशकरको ‘एक प्यार का नगमा है’ गीत गाउँदै गर्दा एक जनाले भिडियो खिचेर सामाजिक सञ्जालमा शेयर गरेसँगै उनी चर्चित बनेकी थिइन ।

उनै मण्डललाई लिएर भारतीय गायक हिमेश रेशम्मियले लगातार दुई गीत निकालेका थिए । जसमा मण्डलको आवाज सुनेर ठूला कलाकारहरुले समेत प्रश‌ंसा गरेका थिए ।

रेलवेमा गीत गाएर जीवन गुजारा गर्दै आएकी मण्डलको जीवनमा आधारित भई फिल्ममेकर ऋषिकेश मण्डल फिल्म बनाउने तयारी गरेको समाचार बाहिरिएको हो । मण्डलको बायोपिक फिल्मका लागि साउथ भारतीय फिल्म क्षेत्रकी नायिका सुदीप्ता चक्रवर्तीले अभिनय गर्ने जनाएको छ ।

फिल्म बनाउने भएपछि निर्देशक ऋषिकेशले भने, ‘सुदीप्तालाई अभिनयका लागि कुरा गरेको हो तर कुनै जवाफ आएको छैन ।’
 

विहीबार, ०९ असोज २०७६, १३ : ३२

प्रतिक्रिया