यस्तो थियो करीनाले शाहिदलाई छोडेर आफूभन्दा १० वर्ष जेठो सैफसँग बिहे गर्नुको कारण

आइतबार, १२ असोज २०७६, १७ : ०२

एजेन्सी । बलिउड अभिनेत्री करीना कपूर आज आफ्नो ३७ औँ जन्मदिन मनाइरहेकी छिन् । उनले शाहिदसँग ‘ब्रेकअप’ गरेर १० वर्ष जेठौ सैफसँग बिहे गरेकी थिइन् ।

करीना र सैफको जोडी बलिउडमा निकै चर्चित र राम्रो पनि मानिन्छ । चलचित्र ‘टशन’ को शुटिङबाट एक अर्कालाई प्रेम गरेर बिहे गरेका यी दुईको एक छोरा समेत भइसकेको छ ।

एक अन्तरवार्तामा करीनाले भनेकी थिइन् कि उनले जीवनसाथी सैफनै चुन्नुको कारण बताएकी थिइन् । उनी बिहेपछि पनि आफ्नो करियरलाई अघि बढाउन चाहान्थिन् । आफ्नै खुट्टामा उभिएर केहि गर्ने सपना समेत थियो र यो सबै सैफले स्विकारेका थिए । उनले बिहेअघि सैफसँग यस्तो शर्तमा मन्जुरी भएको कुरा समेत बताएकी थिइन् ।

तर शाहिदसँग प्रेममा रहेको बेला यहि शर्त राख्दा उनले सरासर इन्कार गरिदिएका थिए । यसकारण यी दुवैको ब्रेकअप भयो ।

 

 

 
 

आइतबार, १२ असोज २०७६, १७ : ०२

प्रतिक्रिया