फिल्मको दुनियाँमा एउटा सुन्दर जोडीमो रुपमा परिचित जोडी हो अमिताभ–रेखाको जोडी ।
‘रिल’ मा निकै रुचाइएको जोडीको ‘रियल’ मा भने बाटो अलग अलग भयो । अमिताभले जया बच्चनसँग बिहे गरे भने रेखाको जीवनका सम्बन्धहरु सबै विवादित रहे ।
अमिताभलाई देखेर निकै प्रभावित भएको बताउने रेखाले हरेक अन्तरवार्तामा अमिताभको तारिफ गर्दै आएकी छिन् ।
रिपोर्टको अनुसार रेखा र जया निकै मिल्ने साथी थिए । दुवै एउटै घरमा बस्ने गर्थे । जयाले नै आफ्नो प्रेमी अमिताभसँग रेखालाई भेटाएकी थिइन् ।
विस्तारै रेखा र अमिताभले एउटै फिल्ममा काम गर्न थाले । जोडी फिल्मको पर्दामा निकै रुचाइयो । र अमिताभ र रेखाको जोडीको चर्चा चल्न थाल्यो । तर अमिताभले जयासँग विवाह गरे । बिहेमा रेखालाई निम्तो समेत दिइएन ।
प्रतिक्रिया