बलिउडमा यी अभिनेत्रीहरुको साइड बिजनेश विश्वमै चर्चित हेर्नुहोस् !

मंगलबार, २८ असोज २०७६, १३ : २६

बलिउडमा सधैंभरि उही चार्म र डिमाण्ड नरहनेबारे अभिनेत्रीहरु प्रष्ट रहेका छन् । समय छँदै साइड बिजनेशलाई पनि उत्तिकै महत्वमा राखेर बलिउड अभिनेत्रीहरु भविष्य सुरक्षित गर्न गम्भिर रहेका छन् ।

डिभोर्स हुँदा समेत केही अभिनेत्रीहरुको कमाइ करोडौँमा रहेको छ । उनीहरुको साइड बिजनेश विश्वमै चर्चीत पनि रहेका छन् । जसमध्ये केही हेर्नुहोस् तल –

माधुरी दीक्षितः
बलिउडमा पछिल्लो समय क्यामियो रोलमा देखिने अभिनेत्री हुन् माधुरी । तर, उनको साइड बिजनेश धेरै रहेका छन् । फिल्म नभएपनि उनलाई फुर्सद भने छैन । अनलाईन कार्यक्रम डान्स विद माधुरी चलाउँदै आएकी माधुरीको आम्दानीका स्रोतहरु धेरै रहेका छन् । उनी विभिन्न ब्राण्डको प्रोमोशन पनि गर्दै आइरहेकी छिन् ।

शिल्पा शेट्टीः
बलिउडमा करिअर अस्ताउँदै गएपछि उनले व्यापारी राजकुन्द्रासँग विवाह गरिन् । आफुलाई व्यस्त राख्न खोजिरहने उनले सन् २०१५ देखि आफ्ना पति राजकुन्द्रासंग मिलेर आफ्नो छोराको नाममा मोवाइल कम्पनी लन्च गरेकी थिइन् । शिल्पाको मुम्बईमा आयोसिस स्पा पार्लर र क्लव पनि रहेको छ । उनी योग गुरु पनि हुन् ।

प्रियंका चोपडाः
बलिउड तथा हलिउडमा चर्चामा रहेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनको पर्पल पेबल पिक्चर्स नामको आफ्नै प्रोडक्सन हाउस छ ।

अनुष्का शर्माः
उनको क्लीन स्लेट फिल्म्स नामक प्रोडक्सन हाउस छ ।

प्रिति जिन्टाः
बलिउडबाट लामो समयदेखि गायब भएकी अभिनेत्री हुन् प्रिति जिंटा । उनको किंग्स एलेभेन पंजावकी ओनर हुन् । उनले पिजेडएनजेड मिडिया नामक प्रोडक्सन हाउस पनि लन्च गरेकी छिन् ।

सुस्मिता सेनः
 उनले मुम्बईमा ‘बंगाली माशि किचन ‘नामक विजनेश चलाएर भने धमाकेदार आम्दानी गरिरहेकी छिन् । ‘तन्त्रा इन्टरटेनमेन्ट ‘नामक प्रोडक्सन हाउस समेत चलाउदै आएकी उनी विभिन्न ब्राण्डका प्रोमोशनमा पनि उत्तिकै व्यस्त रहेकी छिन् ।

करिष्मा कपुरः
करिष्माले वेवीओए नामक अनलाईन स्टोरमा लगानी गरेकी छिन् ।

मंगलबार, २८ असोज २०७६, १३ : २६

प्रतिक्रिया