कुन बलिउड स्टारको पहिलो प्रेम को ? जसले अहिले सम्म भुल्न सकेका छैनन् एकअर्कालाई

विहीबार, ३० असोज २०७६, १६ : ०२

एजेन्सी । माया गहिरो र खुशीको आभाष हो । जब कसैसँग माया बस्छ अनि नयाँ सम्बन्धको सुरुवात हुन्छ तब हरेक कुरा सकारात्मक र सहि लाग्छ । 

तर सम्बन्ध अगाडि बढ्दै जादाँ विस्तारै एक–अर्काको कमजोरी थाहा हुँदै जान्छ र सम्बन्धमा तित्तता पैदा हुन्छ । यस्तै बलिउडका केहि चर्चित स्टारको जीवनमा पनि लागू भएको छ । पहिलो पटक प्रेममा असफल केहि अभिनेता तथा अभिनेत्री आजसम्म पनि पहिलो प्रेमलाई भुल्न सकेका छैनन् । 

बलिउडमा निकै ठूलो स्थान बनाइसकेका यी केहि चर्चित अभिनेता तथा अभिनेत्रीको पहिलो प्रेम को थियो त ? र किन उनीहरुको सम्बन्धमा तित्तता आयो त ? 

 
दीपिका पादुकोण र निहार पाण्डे 

बलिउडमा आएको केहि समयमा नै दीपिका पादुकोण निहार पाण्डेसँग प्रेममा परेकी थिइन् । निहार पनि अभिनेता तथा मोडल थिए । तर दीपिका पादुकोण शाहरुख खानसँग ‘ओम शान्ति ओम’ फिल्म खेलेपछि निकै चर्चित भइन् तर निहार अझै पनि बलिउडमा आफ्नो स्थान बनाउन प्रयासरत रहेका छन् । 

प्रियंका चोपडा र हरमन बवेजा 

बलिउडका ऋतिक रोशन जस्तै देखिने हरमन बवेजाले ‘लव स्टोरी २०५०’ फिल्मबाट करियरको सुरुवात गरेका थिए । यो फिल्म बक्सअफिसमा सुपर फ्लप भयो । यसैबीचमा प्रियंका र हरमनकोबीचमा प्रेम पलाएको थियो । तर हरमनको दुईवटा फ्लप फिल्मपछि यी दुईको ब्रेकअफ भयो । 

करीना कपूर र ऋतिक रोशन 

‘कभी खुशी कभी गम’ फिल्मको शुटिङको क्रममा करीना र ऋतिक रोशनको प्रेम सम्बन्धको सुरुवात भएको थियो । दुवैले सम्बन्धलाई लिएर कहिल्यै पनि कुनै आधिकारिक धारणा व्यक्त नगरेको भएपनि यिनीहरुको प्रेमसम्बन्ध निकै लामो समयसम्म चलेको थियो । विवाहित ऋतिकसँग करीनाको पहिलो प्रेम टिकेन र अन्त्यमा ब्रेकअप भयो । 

ज्याकलीन फर्नान्डीज र हसन बिन राशिद अल खलीफा 

श्रीलंकाकी सुन्दरी ज्याकलीनको बहरीनका राजकुमार हसन बिन राशिद अल खलीफासँग गहिरो प्रेममा थिइन् तर पछि उनको सम्बन्ध निर्देशक साजिदसँग भएको हल्ला फैलियो र उनीहरुको सम्बन्धको अन्त्य भयो । 

अर्जुन कपूर र अर्पिता खान 

बलिउडमा डेब्यू गर्नुभन्दा पहिले अर्जुन कपूर सलमान खानकी बहिनी अर्पिता खानसँग प्रेममा थिए । उनले आफ्नो पहिलो र अन्तिम माया नै अर्पिता हुन् भन्ने अर्जुनले बलिउडमा डेब्यू गरेपछि अर्पिताको बिहे भयो र उनीहरुको ब्रेकअप भयो । 

अनुष्का शर्मा र जोन्हेब युसूफ

अनुष्का शर्मा र युसूफले पहिलो भेटमै एक अर्कालाई मन पराएका थिए । र प्रेम सम्बन्धमा पनि थिए । अनुष्काले यशराज फिल्म ब्यानरमा काम पाइन् भने युसूफ भने बेन्गलुरु फर्किए । त्यसपछि उनीहरुको सम्बन्धमा फूलस्टप लाग्यो । 

कंगना रनौत र आदित्य पंचोली 

बलिउडको सुरुवातमा कंगनाको प्रेम आदित्य पंचोलीसँग रहेको थियो । पंचोली विवाहित र कंगना भन्दा २० वर्ष जेठा थिए । उनीहरुको सम्बन्धले निकै चर्चा पायो तर उनीहरुको सम्बन्धको अन्त्य निकै विवादास्पद रह्यो । 

 

 

विहीबार, ३० असोज २०७६, १६ : ०२

प्रतिक्रिया