कुनै समय अन्तर्जातिय विवाह गरेर रोल मोडल बनेका पुर्वमिस नेपाल उषा खड्की र जिपी तिमल्सिनाको सम्बन्ध अहिले संकटमा परेको छ ।
दुवैको घर झगडा बढ्दै जाँदा आ आफ्नो बाटो लाग्ने तयारीमा लागेका छन् ।
दुई सन्तानका अभिभावक रहेका उनीहरुबीच सहमति गराउने अन्तिम प्रयास भइरहे पनि सम्भावना भने कम रहेको स्रोतको दाबी छ।
अहिले उनीहरुबीच सम्पत्ति बाँडफाँडबारे छलफल भइरहेको भन्ने बुझिएको छ ।
सम्पत्ति दुई भाग लगाउने कि चार भन्ने विषयमा सहमति भए लगत्तै दुबै अलग हुने तयारीमा रहेको खबर छ । तर, यस बारे दुबैले केही बताएका भने छैनन् ।
जिपीले घरझगडा भएको स्विकारे पनि डिभोर्सको हल्लालाई नकारेका छन् ।
प्रतिक्रिया