नक्कली बिहेको कार्डका कारण तनावमा आलिया

बुधबार, ०६ कार्तिक २०७६, १४ : ३०

बलिउड अभिनेत्री आलिया भट्ट नक्कली विवाहको कार्डका कारण तनावमा छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सामाजिक सञ्जालमा उनी र अभिनेता रणविर कपुरको नक्कली विवाहको कार्ड भाइरल भएपछि कुनै प्रतिक्रिया नदिइकन हाँसेर टारेकी छिन् ।

मुम्बई एअरपोटर्मा भेटिएकी उनले सञ्चार माध्यमले विवाहको कार्डमाथिको सत्यताबारे सोधेको प्रश्नलाई हाँसेर जवाफ नदिई फलाइटको निम्ति हतारिएको जनाएको छ । सो नक्कली विवाहको कार्डमा अभिनेत्री भट्ट र अभिनेता कपुरको विवाह मिति सन् २०२० को जनवरी २२ तारिक तोकिएको छ । म के भनौं ? हैन् हतारिदैं अभिनेत्री भट्टले भनिन् । सो नक्कली कार्डमा अभिनेत्री भट्टको पिताको नाम क.महेश भट नभएर मुकेश लेखिएको छ ।

यसअघि बलिउडका फिल्म निर्माता करण जोहरले एक कार्यक्रममा अभिनेत्री भट्टलाई सोधेका थिए, अभिनेत्री करिना कपुर तिम्री आमाजु हुन्छिन् भनेर कल्पना गरेकी थियौं ? अभिनेत्री भट्टले जवाफ दिन नपाउँदै करिनाले भनेकी थिइन् ,म संसारको खुसी महिला हुनेछु ।

बुधबार, ०६ कार्तिक २०७६, १४ : ३०

प्रतिक्रिया