काठमाडौँ – यौनका मामिलामा पूर्वीय संसार पनि उदार बन्दै जान थालेको छ । हालैको एक टीभी टक सोमा बलिउड अभिनेत्री इलियाना डिक्रुजले पनि होस्टबाट यौनलाई लिएर सोधिएको प्रश्नमा बिनाहिच्किचाहट आफ्ना विचार दिएकी छन् । कुनै बेला मिडियामा इलियानाले यौनको प्रेमसँग कुनै लिनुदिनु नभएको अभिव्यक्ति दिइन् भन्ने खबर छाएको थियो । यही कुरालाई स्मरण गराउँदै द लभ लाफ लाइभ सोकी होस्ट शिवानी दान्डेकरले उक्त भनाइलाई थप अर्थ्याउन आग्रह गरेकी थिइन् ।
बलिउड डेब्यु फिल्म ‘बर्फी’ बाट शालीन छवि पस्किएकी ३२ वर्षीया नायिकाले सहजतापूर्वक भनिन्, ‘सायद त्यो बेला मेरो भनाइको आशयलाई गलत तरिकाले उल्लेख गरियो । हुन सक्छ, त्यो बेला मैले कसैले यौनबारेमा भनेका कुरालाई उद्धृत गरेकी थिएँ । त्यसमा कसैले सेक्सलाई इन्जोय गर्ने र आफूले केवल वर्कआउटको रूपमा लिने भनेको थियो । मैले त्यसलाई उल्लेख गर्दै आफूलाई त्यस्तो ठीक नलाग्ने भनेकी थिएँ ।’
यतिबेला अनिश बाज्मीको फिल्म ‘पागलपंती’ गरिरहेकी इलियानाले पुरानो भनाइलाई प्रस्ट्याउँदै थपिन्, ‘मेरो मतलब, हो सेक्सलाई इन्जोय गर्नुपर्छ तर यसमा भावनात्मक सम्बन्ध पनि हुनु जरुरी छ । यदि दुईबीच प्रेम छ, भावनात्मक सम्बन्ध छ भने मात्रै त्यहाँ सेक्स गर्नु सुखद् अनुभूति हुन्छ ।’
यौनका मामिलामा अनुभवी कुरा गरेकी इलियाना केही समयअघि प्रेमीसँगको ब्रेकअपपछि यौनसम्बन्धी अभिव्यक्तिका मामिलामा उदार देखिन थालेकी हुन् । गोवामा हुर्किएकी इलियाना अस्ट्रेलियन फोटोग्राफर एन्ड्रयु निबोनसँगको प्रेममा थिइन् । कुनै बेला यी दुईले विवाहसमेत गरेको भन्ने हल्ला फिँजिएको भए पनि दुई महिनाअघि मात्रै दुवै जनाले सम्बन्ध तोडेको खबर बाहिरिएको थियो ।
प्रतिक्रिया