सांसद हितबहादुर तामाङको क्षेत्रमा छ करोड,कुन योजनामा कति?

४ बर्ष अगाडि

निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त रु छ करोड बजेट विभिन्न २९ योजनामा बाँडफाँट गरिएको छ ।

कार्यक्रम निर्देशक समितिको विदुरमा सम्पन्न  बैठकले निर्वाचन क्षेत्र नं १ का विभिन्न सात वटा गाँउपालिकाबाट माग भएर आएका तथा आवश्यकताको आधारमा बजेट विनियोजन गरेको हो ।
सो क्षेत्रबाट निवाचित सांसद हितबहादुर तामाङको उपस्थितिमा बैठक बसेको थियो ।

अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बजेट विनियोजनमा सडक निर्माण तथा विस्तारलाई प्रथामिकता दिइएको छ । तर्जुमा गरिएको बजेटमा ककनी गाउँपालिकामा पाँच,पञ्चकन्या गाउँपालिकामा तीन र दुप्चेश्वर गाउँपालिका,तादी गाउँपालिका,लिखु गाउँपालिका,सूर्यगढी गाउँपालिका र शिवपुरी गाउँपालिकामा समान चार–चार योजना समावेश गरिएको छ ।

अघिल्लो वर्ष रु चार करोड रहेकोमा यो वर्ष दुई करोड थप भएर प्राप्त भएको रु छ करोड बजेटअन्तर्गत तोकिएको मापदण्डअनुसार रु पचास लाखभन्दा ठूला योजना ६ वटा तर्जुमा गरिएको छ,सांसद तामाङले भन्ने,सडकलाई प्रमुख प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि ठूलो योजनामा शिक्षा,कृषि,विपद् व्यवस्थापनसहितका नयाँ योजनालाई प्रथामिकता दिइएको छ

ठूलो योजनाअन्तर्गत रु ५० लाखको योजनामा महाकालीको सिलामेमा रहेको जानकी माविको भौतिक पूर्वाधार निर्माण,गाउँखर्कको माप्ले माविको पर्खाल निर्माण,तादी गाउँपालिकास्थित कोषगाढेको पहिरो नियन्त्रण गर्न,लिखु र पञ्चकन्यामा थालिएको सामूहिक तरकारी खेतीलाई प्रवद्र्धनका लागी कृषि उपज सङ्कलन केन्द्र स्थापना गर्न बजेट छुट्टाइएको छ ।  

बजेटले निर्वाचन क्षेत्रभित्रका सबै जनताले मागेका योजनाको सम्बोधन गर्न नसके पनि सम्बन्धित स्थानीयतहका सरोकारवाला,स्थानीयतहको गाँउसभामार्फत् प्राथमिकतामा रहेका योजना,कार्यक्रम परामर्श समितिको बैठकलगायतको सुझाव समावेश गरेको सांसद तामाङले बताए ।

पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत क्षेत्र नं.२ का सांसद नारायणप्रसाद खतिवडा सम्बन्धित स्थानीयतहका सरोकारवाला,सरकारी निकाय,स्थानीयतहले प्रथामिकतामा राखेका योजनाका विवतरण सङ्कलन,स्थानीयतहका प्रमुख–उपप्रमुखलगायतसँग छलफलमार्फत राय एवं सुझाव सङ्कलनको क्रममा रहेका छन् ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया