जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश दिने

सोमबार, १८ कार्तिक २०७६, १७ : ४०

जलविद्युत् इतिहासमा कम्पनी ढाँचाबाट आयोजना निर्माण गर्ने श्रेय पाएको चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।     
     
कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले जानकारी दिए ।     
     
कम्पनीले रु २३ करोड ७९ लाख छ हजार ७८९ बराबरको नगद लाभांश र रु ९५ करोड १६ लाख २७ हजार १५६ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी मङ्सिर ११ गते बस्ने २३ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने छ । कम्पनीको हाल चुक्ता पूँजी रु चार अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७७२ रहेको छ ।     
     
कम्पनीका तीन सहायक कम्पनीले चार जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । कुल १११ मेगावाटको रसुवागढी, ४२।५ मेगावाट क्षमताको तल्लो साञ्जेन र १४।८ मेगावाटको माथिल्लो साञ्जेन र १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तीमध्ये साञ्जेन र रसुवागढी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।     
  
 

सोमबार, १८ कार्तिक २०७६, १७ : ४०

प्रतिक्रिया