त्रिभुवन विमानस्थलमा ‘ड्युटी–फ्री’बारे गलत सूचना, दोषीलाई कार्वाहीको माग

४ बर्ष अगाडि

नागरिक उड्ययन क्षेत्रका जानकार ईन्जिनियर दिपेन्द्र कँडेलले नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ‘ड्युटी–फ्री’बारे गलत सूचना राखेर झुक्याएको आरोप लगाएका छन् । 

कँडेलले विमानस्थलमा आगमन तथा प्रस्थान दुवै तर्फ ड्युटी–फ्री सामान पाउँछ भन्ने गलत सुचना  राखेर निगमले यात्रुलाई ढाँट्ने काम गरेको आरोप लगाए । 

हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई ठग्ने काम गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई निलम्बन गर्न उनको माग छ । 

‘विमानस्थलमा आगमनतर्फ ड्युटी–फ्री छैन्’, उनले भने, ‘गलत सूचना प्रवाह गरिरहने निगमका कार्यकारी अध्यक्ष खरेललाई पर्यटनमन्त्रीले अविलम्ब निलम्बन गर्नुपर्छ ।’

सरकारले भव्य तयारी गरेर नेपाल पर्यटन वर्ष–२०२० मनाउन लागेको अवस्थामा विमानस्थलमा यस्तो गलत सुचना प्रवाह गर्दा यसले देशको प्रतिष्ठामाथि नै आँच आउने खतरा रहेको उनको भनाइ छ । 

उनले आगामी ४८ घण्टाभित्र उक्त सूचना नसच्याए आफू सरकारविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पुग्नेपनि चेतावनी दिए । ‘नागरिकको हैसियतले म चाहन्छु कि यो गलत सुचना अविलम्ब हटाईयोस्’, उनले भने ‘कार्यकारी अध्यक्ष खरेललाई हटाएर विमानस्थलमा पनि भ्रमण वर्ष अगाडि नै आगमनतर्फ ड्युटी–फ्री खोल्नुपर्छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया