साउदी उडानका लागि ‘सेल्स एजेण्ट’ राख्ने वायुसेवा निगमको तयारी

४ बर्ष अगाडि

साउदी अरेबिया उडान शुरु गर्न लागेको नेपाल वायुसेवा निगमले ज्याज एभिएसन लाई त्यहाँको ‘जनरल सेल्स एजेन्ट’ (जिएसए) राख्ने तयारी गरेको छ । 

साउदी अरेबियामा टिकट र मार्केटिङ लगायतको कार्यको लागि ज्याजलाई जिएसए राख्ने तयारी गरेको हो । 

अहिले कुनै पनि नयाँ गन्तब्यमा उडान सुरु गर्नुअघि जिएसएमार्फत प्रकृया अगाडी बढाउनुपर्ने देखिएकोले निगमले जनाएकाे छ । 

ज्याज एभिएसनसँग जिएसए नियुक्ति प्रकृया अगाडी बढाएको निगमको एक टोली प्रत्यक्ष रुपमा कम्पनीको क्षमतासँगै अवस्था बुझ्नका लागि रियाद जाँदै छ । 

निगमका नायव प्रवन्धक गणेशबहादुर चन्द र बोर्ड संचालक अच्युत पहाडीले जिएसएको वस्तुगत अध्ययन गरेर आए पछि स्लटको प्रक्रिया अगाडी बढाइने निगमको भनाइ छ ।

जिएसएमार्फत स्लट इजाजत लिएर उडान प्रकृया अगाडि बढाइनेछ।

साउदी अरेबियाको ‘जेनरल अथोरिटी अफ सिभिल एभिएसन’ले अडिटको प्रस्ताव नराखेकोले छिट्टै व्यवसायिक उडान सुरु हुने निगमका अधिकारीहरुको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया