बलिउड स्टार किड्सः को कति धनी ?

४ बर्ष अगाडि

संसारको ध्यान तान्न सक्ने ताकत छ, बलिउडसँग । विश्वको ५० प्रतिशत मनोरन्जन बजार ओगटेको यो दोस्रो ठुलो चलचित्र उद्योग समेत हो । यहाँ संसारका सर्वाधिक धनाढ्यहरु छन् । दैनिक करोडसम्म आम्दानी गर्नेहरु पनि छन् । अर्बभन्दा बढि कमाएर सरकारलाई करोडौं कर बुझाउने पनि यहि उद्योगमा छन् । यिनै स्टारहरुका सन्तानहरुमध्ये सबैभन्दा धनी को छन्? धेरैलाई सुन्दा पनि अचम्म लाग्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने स्टारको कुल सम्पत्ती भनेकै उनीहरुका सन्तानहरुको हक हुन्छ ।

आर्यन, सुहाना र अब्राम खान बलिउड सुपरस्टार शाहरुख खान र गौरी खानका सन्तान हुन् । आर्यलाई उनका बुबा शाहरुखले दिएको औडी ए ६ कार छ । यसको बजार मुल्य अहिले ६० लाख  भारु पर्छ । त्यस्तै यि सन्तानहरुको खातामा करोडौं रकम फिक्स डिपोजिट छ । ४ हजार २ सय ४० करोड भारु सम्पत्ती रहेको परिवारका यि छोराछोरी सवैभन्दा धेरै धनाढ्य स्टार किड्स हुन् ।

इरा र जुनाइड आमिर खान र रिना दत्तका सन्तान हुन् । आजाद भने आमिर र किरणका सन्तान हुन् । १ हजार २ सय ७० करोड भारु सम्पत्तीका बा–आमाका यि छोराछोरीलाई आमिरले सबै सम्पत्ती तिमिहरुकै हो भन्ने गरेका छन् । त्यसबाहेक आमिर, किरणसँगै सबै सन्तानका लक्जरियस कार छन् । १ हजार २ सय ७० करोडसहित दोस्रो सर्वाधिक धनाढ्य स्टार किड्समा आमिरका सन्तान पर्छन् ।

सारा र इब्राहिम शैफअली खान र अमृता सिंहका सन्तान हुन् । तैमुर शैफ र करिनाका एक्ला सन्तान हुन् । शैफअलीले कान्छा छोरा  तैमुरलाई केहि समयअघि जिप एसआरटी कार गिफ्ट दिएका थिए । यो गाडीको रकम अहिले बजारमा १ करोड ३० लाख भारु पर्छ । त्यस्तै उनको वैंक खातामा करोडौं रकम रहेको बताइन्छ । यस्तै, सारा र इब्राहिमको बैंक खातामा रहेको रकमबाहेक विभिन्न किसिमका लक्जरियस गाडी समेत छन् । उनीहरुको सम्पत्ती १ हजार १ सय करोड बराबरको छ ।

आरभ कुमार र नितरा कुमार अक्षयकुमार र ट्विकल खन्नाका सन्तान हुन् । १ हजार ६० करोड भारु सम्पत्तीका मालिकका छोराछोरी आरक र नितरा बलिउडका सर्वाधिक धनि स्टार किड्सको सुचीमै पर्छन् ।

ऐश्वर्या राई र अमिषेक बच्चनका एक मात्र छोरी हुन्, आरध्या बच्चन । केहि समयअघि अमिताभले आफ्नो नातिनीलाई मिनी कोपर नामक कार गिफ्ट दिएका थिए । जुन कारको मुल्य हाल २५ लाख भारु पर्छ । अभिषेक र ऐश्वर्याको कुल सम्पत्ती मात्रै ४ सय ५० करोडको छ । उनीहरु अमिताभसँग नछुट्टिएकाले अरु धेरै करोडकी भएकी स्टार किड्स हुन सक्छिन् आरध्या ।

न्यासा देवगन र युग देवगन चर्चित अभिनेत्री काजल र अजय देवगनका सन्तान हुन् । यो परिवारको सम्पत्ती ३ सय ५० करोड भारु बराबरको छ । हिरेन रोशन र हिरधन रोशन ऋतिक रोशन र सुजैन खानका छोराहरु हुन् । उनीहरु २ सय ५० करोड भारुका स्टार किड्स हुन् ।

सन्जय दत्त र ऋचा शर्माबाट तिर्सला दत्त जन्मिइन् भने इक्रा र शाहरन दत्त हालकी श्रीमती मान्यतापट्टिबाट जन्मिएका सन्तान हुन् । १ सय ५० करोड सम्पत्तीका दत्त परिवारका यि सन्तान बलिउडका धनाढ्य स्टार किड्समा गनिन्छन् ।

यस्तै, मिसा कपुर र जैन कपुर शहिद कपुर र मिरा राजपुतबाट जन्मिएका सन्तान हुन् । उनीहरु १ सय ९० करोड सम्पत्तीका स्टार किड्स हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया