सक्किगोनि टेलिश्रृङ्खलामा जब भारतीय सेनामा कार्यरत नेपालीले सीमा रक्षाका लागि ज्यान दिए...

शुक्रबार, २९ कार्तिक २०७६, १९ : ५८

काठमाडौँ  नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको  टेलिश्रृङ्खला सक्किगोनिको नवौँ एपिसोडसम्म आइपुग्दा दर्शकले अत्याधिक रुचाएका छन् । 
युट्युवमा अपलोड भएको २४ घण्टापनि नबित्दै दर्शकको १२ लाख हाराहारीमा भ्यूज पाएको छ ।  ओएसआर डिजिटलको युट्युब च्यानलमा बिहीबार राति अपलोड भएकोमा शुक्रबार साँझसम्म करीब १२ लाखले हेरिसकेका हुन् । 
बिहीबारको एपिसोडमा भारतले नेपालको सीमाना मिचेको विषयलाई मार्मिक रुपमा उठाइएको थियो । जसमा देशभक्त नेपालीले सीमा रक्षाका लागि भारतीय सीमा सुरक्षा बलसँग मुकाबिला गर्दैगर्दा भारतीय पक्षबाट गोली चलाइन्छ । भारतीय सीमा सुरक्षा बलमा एक गोरखा सैनिक पनि हुन्छन् । सो क्रममा भारतीय पक्षबाट चलाएको गोली नेपालीलाई लाग्न नदिइ उनले आफ्नो छाती थाप्छन् र उनको मृत्यु हुन्छ । 
‘जहाँसुकै बसेपनि आखिर नेपाली नेपाली नै हुन्छ दाइ, जेमा भर्ति भएपनि यो देशलाई दुख्दा हामी सबैको मन रुन्छ, त्यसैले मरेर हार्यो भन्ने नसम्झनु होला । वीर गोरखालीको सन्तान हो । कुनै पनि हालतमा एक इन्च सीमा पनि मिच्न नदिनु होला’, मर्नेबेलामा उनले यसो भन्दै गर्ला श्रृङ्खला निकै भावुक रुपमा अन्त्य हुन्छ । 
तर देशभक्त नेपालीले सीमाबारे यतिधेरै चासो दिँदा नेताहरु भने मौन बसेको विषयलाई कडा कटाक्ष गरिएको छ । 
बिहीबारको नवौँ एपिसोड हेरेपछि दर्शकहरुले टेलिश्रृङ्खला निकै मन परेको प्रतिक्रिया दिएका छन् । 

शुक्रबार, २९ कार्तिक २०७६, १९ : ५८

प्रतिक्रिया