भ्वाइस अफ नेपालबाट बाहिरिइन् रजनी ऋदम राई

शुक्रबार, २९ कार्तिक २०७६, २२ : ३०

काठमाडौँ ।  भ्वाइस अफ नेपालबाट पोखराकी रजनी ऋदम राइ बाहिरिएकी छिन् । 

बिहीबारको एसिसोडबाट उनी १२ प्रतिस्पर्धीमध्ये दर्शकबाट सबैभन्दा कम भोट पाएर बाहिरिएकी हुन् । 

छोरीको लागि भ्वाइस अफ नेपालमा आएर गीत गाएको बताउने उनले यो सोबाट आफूले छोरीलाई गीत सुनाउन पाएकोमा खुसी लागेको बताइन् । 

प्रतियोगिताबाट राम लिम्बु, बिकाश लिम्बु, सनिश श्रेष्ठ, अञ्जु राना मगर, गीता शर्मा, याङ्की योल्मो, बलबहादुर राजवंशी, सञ्जय महत, मेचु धिमाल, शशिका राई र आरिफ राउफ अन्तिम ११ मा पुगेका छन् । 

शुक्रबार, २९ कार्तिक २०७६, २२ : ३०

प्रतिक्रिया