भ्वाइस अफ नेपालबाट बाहिरिइन् शशिका राई

शनिबार, ३० कार्तिक २०७६, २२ : ३५

काठमाडौँ । रियालिटी सो भ्वाइस अफ नेपालबाट शनिबार शशिका राई बाहिरिएकी छिन् ।
११ प्रतिस्पर्धीमध्ये दर्शकबाट सबैभन्दा कम भोट पाएर उनी बाहिरिएकी हुन् ।
प्रतियोगिताबाट राम लिम्बु, बिकाश लिम्बु, सनिश श्रेष्ठ, अञ्जु राना मगर, गीता शर्मा, याङ्की योल्मो, बलबहादुर राजवंशी, सञ्जय महत, मेचु धिमाल र आरिफ राउफ अन्तिम १० मा पुगेका छन् ।
यो रियालिटी सोले युट्युवमा समय राम्रो भूज पाएको छ । अघिल्लो संस्करणको भ्वाइस अफ नेपालको विजयी सीडी विजय अधिकारी भएका थिए ।
यसअघि शुक्रबारको एपिसोडबाट रजनी ऋदम राइ बाहिरिएकी थिइन् । 

शनिबार, ३० कार्तिक २०७६, २२ : ३५

प्रतिक्रिया