सत्तारुढ नेपाल कम्युनिष्टपार्टी (नेकपा) को सहायक संगठन राष्ट्रिय युवा संघका नेताहरु तीन महिनाभन्दा बढी बेरोजगार बस्न नपाउने भएका छन् ।
युवा संघ र वाइसीएलबीच भएको एकतापछिको पहिलो राष्ट्रियभेलाले सक्रिय तथा साधारण सदस्य र एकाई कमिटिका सदस्यहरुबाहेक अरु नेता तीन महिनाभन्दा बढी बेरोजगार बस्न नपाउने निर्णय गरेको हो
संगठनको सदस्य भएको तीन महिनाभित्र स्वरोजगार भइसक्नुपर्ने संघका अध्यक्ष रामप्रसाद सापकाेटा "दीपशिखा'ले बताए ।
आफ्नो जमिन भएको नेता, कार्यकर्ता भए आफ्नै जमिनमा र जमिन नभएर भाडामा बसोबास गर्ने भए बरण्डा तथा सम्भावित खालि स्थानमा अनिवार्य करेसाबारी बनाउनुपर्ने पनि उनले बताए ।
सरकारसंग १० किलोमिटर सडक माग्ने
राष्ट्रिय युवा संघले सामाजिक उत्तरादायित्व र जनसेवा तथा जनश्रम अन्तर्गत सरकारसंग यो वर्ष १० किलोमिटर सडक निर्माणको कार्यभार माग गर्ने समेत निर्णय गरेको छ ।
‘त्यस्तो निर्माण कार्यमा हाम्रो संघको श्रमिदान मात्रै हुनेछ’ संगठनको विज्ञप्तीमा भनिएको छ ।
संघले प्रत्येक कमिटिले कम्तिमा १/१ वटा विकास निर्माणका काम अनिवार्य गर्नुपर्ने र संघको कुनैपनि सदस्यले महिनामा एक दिन अनिवार्य रुपमा श्रमकार्य गर्नुपर्ने पनि जनाएको छ ।
तीन महिनामा एउटा निःशुल्क तालिम
संघका सबै तहका कमिटीहरुले तीन महिनामा एकपटक र सदस्यहरुले अवस्थाअनुसार ट्युसन सेण्टर, कृषि तालिम लगायतका तालिमहरु निःशुल्क रुपमा सञ्चालन गर्नुपर्ने पनि संघगठनले निर्णय गरेको छ ।
संगठन जनतासँग जाेडिएकाे प्रत्याभूति दिलाउन र कामकाे सम्मानका लागि यस्ताे व्यवस्था गरिएकाे संगठनले जनाएकाे छ ।
प्रतिक्रिया