यस्तो छ इलेक्ट्रीक ट्याक्सीको मापदण्ड

४ बर्ष अगाडि

काठमाडौं – सरकारले इलेक्ट्रीक सवारीसाधनको प्रयोगलाई बढवा दिइरहेको समयमा यातायात व्यवस्था विभागले इलेक्ट्रीक ट्याक्सीको मापदण्ड तोकेको छ । विभागले इलेक्ट्रीक ट्याक्सीको मापदण्ड बनाएर यातायात व्यवस्था कार्यालयहरुलाई पत्राचार गरेको हो । 

विभागले बनाएको नयाँ मापदण्डअनुसार इलेक्ट्रीक ट्याक्सीको लागि प्रयोग हुने कारमा लिथियम आयोन ब्याट्री प्रयोग भएको सेडान कार हुनुपर्ने, ४० किलोवाटको इलेक्ट्रीक मोटर हुनुपर्ने, सेन्ट्रल लकिङ सिस्टम हुनुपर्ने, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम हुनुपर्ने मापदण्ड तोकेको हो । 

विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो।

मन्त्रालयले मापदण्ड निर्धारण विभागकै क्षेत्राधिकारभित्र पर्ने भन्दै मस्यौदा करिब १ महिना अगाडि विभागमै फिर्ता पठाएपछि विभागले यसलाई कार्यान्वयनमा ल्याउन लागेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया