एक करोडको लागतमा खानेपानी आयोजना शुरु

४ बर्ष अगाडि

गुण्डुका बासिन्दालाई खानेपानी पुर्याउने उद्देश्यले एक करोडको लागतमा शुरु भएको खानेपानी आयोजनाको शिलन्यास गरिएको छ ।

सूर्यविनायक नगरपालिका–७ गुण्डुमा गुण्डु वृहत खानेपानी समितिले निर्माण गर्न लागेको खानेपानी ट्याङ्की निर्माण र पाईपलाइन विस्तारकार्यको भक्तपुर क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेत र नगर प्रमुख बासुदेव थापाले संयुक्तरुपमा आयोजनाको शिलान्यास गरेका हुन् ।

नगरपालिकाको आर्थिक वर्ष २०७६–०७७ को स्वीकृत योजना ६०–४० अन्तर्गत नगरपालिकाको  ६० लाख र उपभोक्ताका तर्फबाट काठमाडौँ वल्र्ड स्कुलको  ४० लाख गरी कुल  एक करोडको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न गरिनेभएको छ ।

निर्माण शुरु भएको आयोजनाअन्तर्गत दुई लाख लिटर क्षमताको ट्याङ्की निर्माण र पाईपलाइन विस्तार गरिने भएको छ । योसँगै गुण्डुका अधिकांश ठाउँमा खानेपानीको पर्याप्त व्यबस्था हुने भएको छ ।     कार्यक्रममा सांसद बस्नेतले विकासमा बाधा पुर्याउने र निर्माणमा ढिलाई गर्नेलाई जनताले कारबाही गर्ने बताए ।

विकासमा कसैले ढिलाई गरे त्यसबाट उत्पन्न जनआक्रोसलाई समर्थन गर्न जनप्रतिनिधि बाध्य हुने बताउँदै उहाँले कसैले पनि विकासलाई छेक्न र ढिलाई गर्ने कार्य नगरी सहयोग गर्न आह्वान गरे ।     
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया