भम्रण माफर्त भित्रिने भन्दा बाहिरीने रकम बढी, अर्थतन्त्रमा पर्यटन क्षेत्रको न्यून हिस्सा ?

४ बर्ष अगाडि

काठमाडौं – विदेशी पर्यटकले नेपाल आएर गर्ने खर्च भन्दा नेपाली पर्यटकले विदेशमा गएर गर्ने खर्च बढी देखिएको छ । सरकारले पर्यटन क्षेत्रलाई पनि अर्थतन्त्रको एउटा मुख्य आधार क्षेत्रको रुपमा लिएको छ । तर, पर्यटन क्षेत्रबाट नेपालको अर्थतन्त्रमा उचित सहयोग पुग्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालका अनुसार विदेशी पर्यटकले नेपालमा बार्षिक रू. ७४ अर्ब खर्च गर्छन् । तर, विदेश जाने नेपालीले बार्षिक रू. ९० अर्बसम्म खर्च गर्ने गरेको उनको भनाइ छ । जसअनुसार भ्रमण बापत नेपालले कमाउने रकम भन्दा रू. १६ अर्ब बढी रकम सोही मार्फत विदेशीएको छ । गत आवको तथ्यांकको आधार मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् । 
हाल राष्ट्र बैंकले विदेश भम्रणमा जाँदा नेपाली पर्यटकलाई दिने विदेशी मुद्रा सटही सुविधामा कडाई गरेको छ, जसअनुसार चालु आवमा विदेश भ्रमणमा जाँदा हुने खर्च घट्ने संकेत देखिएको पनि छ । चालु आवको पहिलो तीन महीनामा रू. १० अर्ब बराबरको रकम विदेश भम्रणमा खर्च भएको छ, ताकी गत आवको सो अवधीमा रू. १७ अर्ब भन्दा बढी रकम विदेश भ्रमणमा खर्च भएको थियो ।
भम्रण मार्फत बाहिरीने रकम बढी हुँदा पर्यटन क्षेत्रले सोचे अनुरुप प्रगती गर्न नसकेको गभर्नर नेपालको भनाइ छ ।  अब भ्रमण मार्फत आम्दानी हुने रकम बढाउन र खर्च हुने रकम घटाउन आवश्यक भएको उनले बताए । उनले भने ‘नेपालको पछिल्लो समय आर्थिक बृद्धिदर बढ्दै गएको छ । तर, पर्यटन क्षेत्रको अर्थतन्त्रमा न्यून छ । अर्थतन्त्रमा विकास पर्यटन भुमिका महत्वपूर्ण भएपछि यसको उचित लाभ लिन सकिएको छैन ।’ हाल नेपालको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत मात्रा छ । तर, विदेशति १० प्रतिशतसम्म हुन्छ ।
नेपाल सरकारले सन् २०२० मा भ्रमण बर्षको रुपमा मनाउने तयारी गरेको छ । बीगतको यस्तो तथ्यांकले उक्त भम्रण बर्षलाई चुनौती थप्ने देखिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया