झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै

४ बर्ष अगाडि


झापाका पर्यटकीय क्षेत्र विकास र  विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६÷७७ मा रु १५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । 
  

प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत खर्च हुने गरी जिल्लाका ३७ पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सो बजेट विनियोजन भएको पर्यटन बोर्ड काँकडभिट्टाका प्रमुख वासुदेव ढकालले जानकारी दिए ।

पन्ध्र स्थानीय तह रहेको झापामा सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकामा रु दुई करोड बजेट विनियोजन भएको  छ । उनका अनुसार जिल्लाका १३ पालिकामा पर्यटकीय क्षेत्रको विकासका काम जारी रहेको छ । 

गौरादहको गौरादह पोखरी पर्यटकीयस्थलमा रु एक करोड ५० लाख, कमलधाप सिमसार पर्यटन पूर्वाधारमा रु एक करोड, कनकाई–८ मा वनभोजस्थलमा रु ८० लाख, अर्जुनधाराको सुखानी शहीद स्मृति पार्क निर्माणमा रु ५० लाख, शिवसताक्षी दोमुखाको बहुसांस्कृतिक उद्यान निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ । 

यसैगरी भद्रपुर–१ को दियालो पर्यावरणीय तथा पर्यटकीय सिमसार क्षेत्रमा रु ४० लाख, मेचीनगर ११ र १२ रहेको कालिका सिमसार तथा पर्यापर्यटन विकासमा रु ५० लाख, कचनकवल–७ बनियानीमा रहेको वाल उद्यान पार्कमा रु ५० लाख, अर्जुनधारा–१ मा रहेको हलुवागढ सिमसार तथा पर्यापर्यटन विकासमा रु ५० लाख, दमकको आलेख पार्क निर्माणमा रु ५० लाख रकम विनियोजन गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया