चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक गरिएको छ । धुर्मुस सुन्तली अभिनित चलचित्र सेन्टी भाइरस’को फनफनी’ बोलको गीत बिहिबार सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित गायक कालीप्रसाद बास्कोटा र मेलिना राईको सुमधुर स्वर रहेको छ ।
गीतमा शब्द डीपी खनाल र संगीत शंकर थापाको रहेको छ । गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, अञ्जली अधिकारी, दयाहाङ राई, विल्सनविक्रम राई लगायतका कलाकार देखिएका छन् ।
फागुन ९ गतेबाट रिलिज हुने तयारीमा रहेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया