निर्मला पन्तको हत्यामा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक

आइतबार, ०६ पुस २०७६, १३ : १७

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आधारित नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ।

सामाजिक कथा वस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाइएको छ।

कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थिति ट्रेलरमा देखाइएको छ।

शुक्रबार ओएसआर डिजिटलले आफ्नो अफिसियल युटयुब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गराएको हो ।

शिवम् अधिकारीको निर्देशन, मनिराज गौतमको निर्माण तथा गणेश गिरीको प्रस्तुतिमा तयार फिल्ममा कोपिला पात्र निर्मलाको विम्वका रूपमा प्रस्तुत छिन्।अधिकारीकै लेखनमा तयार फिल्ममा सरिता गिरी, गणेश गिरी, रिद्धीचरन श्रेष्ठ, विमल पौडेल, प्रेम वर्षा खनाल लगायतको अभिनय छ।


 

आइतबार, ०६ पुस २०७६, १३ : १७

प्रतिक्रिया