भारतले दियो ओलीलाई बधाई, मोदीको फोन

६ बर्ष अगाडि

काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको बधाई प्राप्त भएको छ । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएराती फोन गरेर ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । 
प्रधानमन्त्री ओलीको सचिवालयले टेलिफोन गरेर मोदीले बधाई तथा  सफल कार्यकालको शुभकामना दिएको जनाएको छ । 
टेलिफोन संवादमा  मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् । 
 यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेको सचिवालयले जनाएको छ। 
टेलिफोन संवादमा प्रधामन्त्री ओलीले आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा मोदीलाई धन्यवाद दिए । 
 यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र   भारतसंगको  मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि  मोदीलाई बताएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया