दरिद्रताको पराकाष्टा, पशुपतिनाथको भेटी पनि चोरी

मंगलबार, ०८ जेठ २०८१, १० : २५

काठमाडौं– पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी पनि चोरी भयो भन्ने समाचार आउँदा जसलाई पनि आश्चर्य लाग्न सकछ । त्यसमा पनि मन्दिरकै कर्मचारी चोरीमा संलग्न हुनु झनै अचम्मको कुरा हो । मन्दिरुमा चढाइएको भेटी गन्ने क्रममा चोर पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  बताएका छन् । 
परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको थाहा हुन आएको छ । 

मंगलबार, ०८ जेठ २०८१, १० : २५

प्रतिक्रिया