क्रिकेटर लामिछानेको मुद्दाको सुनुवाइ सकियो , फैसला के आउला ?

बुधबार, ०२ जेठ २०८१, १५ : ४५

 काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।

बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् । उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेज हेर्न थालेका छन् । सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बस्ने भनी पुगेको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो । उक्त फुटेज हेरेपछि अदालतले फैसला लेख्ने छ । 

करिब ३ः३० सम्म बहस नै भएकाले उच्च अदालतले बुधबार नै फैसलाको पूर्णपाठ भने नदिने उच्च अदालत स्रोतले जनाएको छ। न्यायाधीशद्धयले केही संक्षिप्त फैसला लेखेर हाललाई दिने र विस्तृत पूर्णपाठ पछि सार्वजनिक गर्ने छन् । महत्त्वपूर्ण र सार्वजनिक चर्चा भएका मुद्दाहरूमा अदालतले यही अभ्यास गर्दै आएको छ । हाल ठहर खण्डको केही अंश लेखेर सार्वजनिक गर्ने अनि विस्तृत व्याख्या बिस्तारै गर्ने अभ्यास हुँदै आएको छ ।

सर्वोच्च र उच्चले विगतमा पनि यस्तै अभ्यास गरेका छन् । सन्दीपको हकमा पनि यही गर्ने तयारी छ । लामिछानेको मुद्दामा विस्तृत व्याख्या गर्न जिल्लाको फैसलादेखि बहसका क्रममा पेस भएका सबै नजिरहरूको अध्ययन र व्याख्या गर्नुपर्ने भएकाले हाललाई केही आधार र कारण उल्लेख गरेर संक्षिप्त फैसला सुनाइने छ । उच्चले सफाइ दिने आधार र कारण, ठहर गरेका त्यसको कारण खुलाउने छ ।  यदि जिल्लाको सदर गरेमा सदर हुने आधार र कारण खुलाउने छ।

बुधबार, ०२ जेठ २०८१, १५ : ४५

प्रतिक्रिया