टर्कीका राष्ट्रपतिले टर्कीस मुद्रा ‘लिरा’मा भइरहेको लगातारको गिरावटलाई अमेरिकालाई‘टर्की विरुद्ध गरेको षडयन्त्र’को आरोप

५ बर्ष अगाडि

टर्कीका राष्ट्रपति रिसेप ताइप अर्दोगानले टर्कीस मुद्रा ‘लिरा’मा भइरहेको लगातारको गिरावटलाई अमेरिकाले ‘टर्की विरुद्ध गरेको षडयन्त्र’ को आरोप लगाएका छन् । उनले अमेरिका आफ्नो शत्रुतापूर्ण नीतिहरुबाट पछाडि नहटे आफ्नो देशले नयाँ सहयात्री र बजार खोज्ने धम्की दिए । 
आइतबार कृष्ण सागरसँग जोडिएको सहर ट्राब्जोनमा भएको एक बैठकमा बोल्ने क्रममा अर्दोगानले यो आक्रोश पोखेका हुन् ।
अर्दोगानले हालको विनियम दरमा भइरहेको न्युनिकरणलाई तर्कले व्याख्या गर्न नसकिने बताए ।
“यो ठाँउबाट हामी तिम्रा षडयन्त्रहरुको चाल पाएको म घोषणा गर्दछु । हामी यसलाई चुनौती दिनेछौं,” अर्दोगानले अमेरिकातर्फ संकेत गर्दै भने ।
“हालको अवस्थाको लागि कुनै आर्थिक कारण जिम्मेबार छैन । यो टर्कीको वित्त देखि राजनीतिसम्म सबै क्षेत्रलाई कमजोर बनाएर टर्की र यसका जनतालाई घुडाँ टेकाउने षडयन्त्र हो ,” उनले थपे ।
टर्कीका राष्ट्रपतिले टर्कीमाथिको ‘आर्थिक युद्ध’ जारी रहे अन्य बजार र वासिन्टनसँगको ‘रणनीतिक सम्बन्ध’को राजनीतिक विकल्प खोज्ने पनि उल्लेख गरे ।
एक अमेरिकी पादरीको पक्राउपछि टर्कीका दुई मन्त्री विरुद्ध अमेरिकी राष्ट्रपति प्रशासनले घोषणा गरेको अभुतपूर्व सजायात्मक प्रतिबन्ध तथा स्टील र अल्मुनियममाथिको कर दोब्बर पार्ने कार्यले नाटोका यी दुई सदस्यबीचको सम्बन्ध दशक यताकै तल्लो स्तरमा पुगेको छ । 

http://www.xinhuanet.com/english/2018-08/13/c_137385504.htm

५ बर्ष अगाडि

प्रतिक्रिया