फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

सोमबार, ३१ बैशाख २०८१, १४ : १६

काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको  १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ । उक्त  सेयरमा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले जेठ ७ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्ने छन् । आवेदन फाराममा आफूले लिन चाहेको  सेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ ।

अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । सेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १५ हजार कित्ता  सेयरको लागि आवेदन दिनु पर्नेछ । सो भन्दा बढी  सेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाङ्कमा अधिकतम १ लाख २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

सोमबार, ३१ बैशाख २०८१, १४ : १६

प्रतिक्रिया