सयपत्री हाइड्रोको नाफामा गिरावट

सोमबार, ३१ बैशाख २०८१, १३ : २६

काठमाडौँ - सयपत्री हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०\८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा ६२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ७७ लाख रुपैयाँ नाफामा रहेको थियो । 

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ५ करोड ६ लाख ७६ हजार रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ४ करोड ९४ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट ६९ लाख रुपैयाँ कमाएको छ । यस त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ४ करोड ७ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ४ करोड ४३ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ८.१६ प्रतिशतले घटेको हो ।

हाइड्रोले वित्तीय खर्च बापत् ६३ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल २ करोड १२ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ३५ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो । जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ६२ लाख ५६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।
 

सोमबार, ३१ बैशाख २०८१, १३ : २६

प्रतिक्रिया