मलेसियामा रोजगारीको अवसरः फ्रि भिषा, फ्रि टिकट, तलव कति ?

४ बर्ष अगाडि

काठमाडौं – बिगत डेढ बर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेपछि त्यहाँका लागि नयाँ कामको अवसर देखिन थालेका छन् । यसै क्रममा मलेसियाको एक कम्पनीले १०० जना पुरुष कामदार खोजेको छ । लेटेक्स म्यानुफ्याक्चरीङ कम्पनीले यतिका मात्रामा नेपाली कामदार खोजेको हो 
उक्त ३० हजार भन्दा बढी तलव सुविधा सहित यतिका कामदार माग गरिएको हो । प्रतिघण्टा ८ घण्टा काम गर्नुपर्ने बताइएको छ । हप्तामा एक दिन विदाको सुविधा पनि हुनेछ । साथै, कम्पनीको नियमअनुसार ओभर टाइमको सुविधा पनि रहने छ । यसका अलावा बस्नको लागि कम्पनीले नै सविधा दिने छ भने खाने व्यवस्था आफै गर्नुपर्ने छ । 
त्यहाँ कामदार पठाउने जिम्मेवारी भने महाराजगन्ज स्थित ट्रष्ट नेपाल ओभरसिज प्रालिले पाएको छ । जसअनुसार त्यहाँ जान चाहाने इच्छुक व्यक्तिले उक्त म्यानपावर कम्पनीमा सम्पर्क गर्न सक्नेछन् । आमगमी पुस २७, २८ र २९ गते १० बजेदेखि म्यानपावर कार्यलयमा कामदारहरुको अन्तरवार्ता हुने बताइएको छ । 
स्वदेशमा मेडिकल गर्दा लाग्ने खर्च, विदेशमा मेडिकल गर्दा हुने खर्च, स्वदेशमा गरिने म्यादी बीमाको शुल्क, रोजगारमा हुने बीमाको शुल्क, हवाई टिकट, भिषाशुल्क,  भिषा स्टायम्प शुल्क,  अभिमुखिकरण शुल्क, कल्याणकारी कोष सम्बन्धी शुल्क, सेवा शुल्क लगाय सबै खर्च सम्बन्धीत रोजगारदाताले नै बेहोर्ने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया