साउदीका ४ कम्पनीले मागे नेपाली कामदारः भिषा र हवाई टिकट फ्रि, तलव ५४ हजारसम्म

४ बर्ष अगाडि

काठमाडौं – साउदी अरेवियाका चार कम्पनीले नेपाली कामदार माग गरेका छन् । स्टाबिलिसमेन्ट बिन्साल मेन्टेनेन्स एन्ड फिनिसङले १, अहमद आइसा कादिम रेष्टुरेन्टले २, फातिमा औवैद अब कन्ट्राक्टीङ एस्टले १, अल फोरसन फर स्टील एन्ड आल्मुनियम फ्याक्टीरीले ४ गरेर जम्मा ८ जना नेपाली कामदार माग गरिएको हो । 
स्टाविलिसमेन्ट बिन्साल मेन्टेनेन्स एन्ड फिनिसङमा जान चाहाने कामदारले कुपण्डोल स्थितर सिनेट इन्टरनेशनल प्रालिमा सम्पर्क गर्नुपर्ने छ । उक्त कम्पनीमा रू. ३० हजार भन्दा बढी तलव दिने बताइएको छ । साथै, साप्ताहिक एक दिन विदा, ८ घण्टा ड्युटी र खाना बस्नको सुविधा पनि रहेको छ । यसका अलावा हवाई टिकट, भिषा शुल्क रोजगारदाता कम्पनीले नै तिर्ने बताइएको छ । 
यस्तै, अहमद आइसा कादिम रेष्टुरेन्ट र फातिमा औवैद अब कन्ट्राक्टीङ एस्टमा जान चाहानेले महाराजगञ्ज स्थित वल्र्ड फेभर ओभरसिजमा सम्पर्क गर्नुपर्ने छ । रेष्टुरेन्टले रू. ३० हजार ४७० र फातिमाले रू. ५४ हजार ८४६ मासिक तलब दिने बताएको छ । साथै, खाना बस्नको सुविधा पनि प्रदान गरिने कम्पनीहरुको भनाइ छ । यसका अलावा भिषा र टिकट शुल्क पनि कम्पनीले नै बेहोर्ने छ । 
यस्तै, अल फोरसन फर स्टील एन्ड आल्मुनियम फ्याक्टीरीमा जान चाहाने कामदारले मिन भवन स्थितर राज ओभरसिजमा सम्पर्क गर्नुपर्नेे छ । एक हप्तापछि उक्त म्यानपावर कम्पनीमा अन्तरवार्ता हुनेछ ।
उक्त कम्पनीमा मासिक ३३ हजार तलव दिइने छ । यस्तै, खाना बस्नको सुविधा पनि रहेको छ । यसका अवाला हवाई टिकट, भिषा शुल्क पनि कम्पनीले नै बेहोर्ने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया