काठमाडौं – भ्रमण बर्ष २०२० को प्रचार गर्न अष्ट्रेलियाको सिड्नीमा आज निकाल्ने भनिएको बिशेष ¥यालीलाई स्थानीय प्रहरीले रोक लगाएको छ ।
र्यालीका लागि अनुमति नलिएको भन्दै न्यू साउथ वेल्स प्रहरीले उक्त ¥याली निकाल्न रोक लगाएको हो ।
र्याली व्यवसायकि लाभका लागि भएकाले अनुमति लिन पर्ने प्रहरीको भनाइ छ ।
र्यालीमा सहभागीहरुको संख्या ठुलो थियो । यसले पैदलयात्रीलाई असर पनि गर्ने स्थानीय प्रहरीको तर्क छ ।
आज नेपालका पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा भम्रण बर्षको र्याली निकाल्ने भनिएको थियो ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका प्रतिनिधिहरु र्यालीमा निस्कन तयार भएका थिए । तर, प्रहरीले र्याली निकाल्न दिएन ।
आज भ्रमण वर्ष २०२० को अष्ट्रेलियाबाट अन्तरराष्ट्रिय शुभारम्भ गरिने बताइएको थियो । यही कामका लागि मन्त्री त्यहाँ पुगेको थिए ।
तर, प्रहरीले र्याली निकाल्न रोक लगाए पनि त्यो अन्योलमा परेको छ।
राष्ट्रियरूपमा भ्रमण वर्षको सन् २०२० जनवरी १ पुस १६ गते काठमाडौैँको दशरथ रङगशालामा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेका थिए ।
सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको सोहीदिन शुभारम्भ गरेका थिए ।
सरकारले भ्रमण वर्ष २०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको देश तथा विदेशमा प्रवद्र्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ ।
तस्वीरहरुः प्रकाश हुमागाईको फेसबुकबाट
प्रतिक्रिया